ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक, कुनै पनि दलले बहुमत ल्याउन सकेन


एबीसी न्यूज
२८ माघ २०८०, आइतबार   ८ : १६   बजे

काठमाडौ २८ माघ । पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो ।

पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम ९पीटीआई० समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी पीपीपी तेस्रो भएका छन् । पीएमएल–एनले ७१ र पीपीपीले ५४ सिट जितेको छ । अन्य दल २८ सिटमा विजयी भए ।चुनावको औपचारिक नतिजा घोषणा हुन बाँकी नै छ । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ ।

जसअनुसार सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गरेका थिए । तर उनी अहिले जेलमा छन । निर्वाचन आयोगले चुनावअघि नै खानको दललाई प्रतिबन्ध लगाएको थियो ।

त्यसैले पीटीआईका नेताहरू स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका हुन् ।पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबीसहित सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गरेका छन । शरीफका भाइ शहबाज शरीफले कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा गठबन्धन सरकार बनाउन पीपीपीका बिलावल भुट्टो जर्दारीसँग हात मिलाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

चुनावी नतिजापछि पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । लोकतन्त्र र देशको हितका लागि एउटा स्थिर नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।केही विश्लेषकले पछिल्लो चुनाव विश्वसनीय हुन नसकेको टिप्पणी गरेका बीबीसीले जनाएको छ । यस्तै बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधलीको दाबीमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group