ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइभ कार्यक्रममा बच्चा जन्मिएपछि भोटिङबाट नामाकरण


admin
१० फाल्गुन २०७४, बिहिबार   २ : ५०   बजे

काठमाडौं, १० फागुन । अमेरिकाकी एक रेडियो होस्टले कार्यक्रम सञ्चालन गर्दागर्दै बच्चा जन्माएपछि भोटिङबाट बच्चाको नामाकरण गरिएको छ ।

अमेरिकाको सेन्ट लुइसमा रहेको द आर्च रेडियो स्टेसनकी कार्यक्रम सञ्चालक क्यासीडे प्रोक्टरले लाइम कार्यक्रम सञ्चानल गरेकै बेला सन्तान जन्माएकी हुन् । यो कार्यक्रम चाउनका लागि स्टेशनमा विशेष व्यवस्था गरिएको थियो ।

सोमबार प्रोक्टरलाई प्रसव बेथा लागेको थियो । त्यसपछि रेडियो स्टेसनले अस्पताल भित्रैबाट कार्यक्रम सञ्चालनको व्यवस्था मिलायो । उनले कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माइन् । उनले यो अनुभव निकै उत्कृष्ट रहेको बताएको बिबिसीले जनाएको छ ।

बच्चाको जन्म डाक्टरले दिएको मिति भन्दा अघि नै भएकाले रेडियो कार्यक्रम चलाउँदै गर्दा विशेष व्यवस्था गर्नु परेको हो ।

प्रोक्टरले भनिन्, ‘आफ्नो जीवनको यस्तो महत्वपूर्ण क्षण श्रोतासँग बाँड्न पाउनु निकै शानदार कुरो हो । यो मेरो जीवनको अहिलेसम्मकै राम्रो अनुभव बनेको छ ।’

लाइभ कार्यक्रमको क्रममा बच्चा जन्माउनु आफ्नो कामको बिस्तार रहेको उनले बताएकी छन् । आफ्नो जीवनको हरेक क्षण श्रोतासँग साट्ने गरेको उनको भनाई छ ।
प्रोक्टरले आफ्नो छोराको नाम जेमसन राखेकी छन् । उनले श्रोतासँग सल्लाह लिएर यो नाम राखेकी हुन् ।

बच्चा जन्मिनु पहिलेनै रेडियोमा बच्चाको नामका बारेमा भोटिङ भइरहेको थियो ।

कार्यक्रम निर्देशक स्कट रोडीले एक पत्रिकासँग भनेका छन्, ‘प्रोक्टर दम्पतीले छानेका १२ नामका लागि हामीले भोटिङ गरेको थियो । बच्चाको जन्मसम्म भोटिङ गर्दा जेमसनले बढी मत पायो र नवजात शिशुको नाम त्यहि राखियो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group