ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति


एबीसी न्यूज
५ जेष्ठ २०८१, शनिबार   ७ : ५२   बजे

काठमाडौं  ५ जेठ । सत्तारुढ र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘मूलतः समिति बनाउने सहमति भयो। समितिको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा पनि काम गर्दै जाने भन्ने कुरा भयो,’ उनले भने।

‘सकारात्मक छलफल भएको छ, सकारात्मकरूपमै अघि बढ्छ भन्ने हामीले विश्वास लिएका छौँ,’ लेखकले भने, ‘समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको छ।’

समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको भन्दै आजको छलफललाई उपलब्धिमूलक मान्नुपर्ने उनले बताए।

‘कार्यादेश के हुने भन्ने कुरामा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्ने कुरामा सबै राजनीतिक दलहरूबीच समान धारणा बनेको छ। आजका लागि यसलाई उपलब्धिमूलक भएको छ।’

सभामुख देवराज घिमिरेले भोलि (आइतबार) बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन्।

त्यसअघि नै समितिको कार्यादेशमा काम हुने लेखकले जानकारी गराएका छन्।

‘टीओआरमा भोलि बिहानैदेखि काम हुन्छ। साथीहरू बसेर छलफल गर्नुहुन्छ,’ उनले भने।

कांग्रेसले सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको थियो। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको भन्दै कांग्रेसले उनको नामै किटेर छानबिन समिति बनाउन माग गर्दै आएको थियो।

कांग्रेसले संसद् अवरोध गरेपछि संवैधानिक संकटसमेत आउन सक्ने चर्चाका बीच शनिबार दलहरूबीच सहमति जुटेको हो। यसअघि गत बिहीबार नै समितिको कार्यादेशको मसौदामा प्रारम्भिक काम भए पनि केही बुँदामा सहमति भएको थिएन।

कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि शनिबार बिहानैबाट प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए।

बिहान कांग्रेसका नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेसँग परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group