ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो : प्रधानमन्त्री ओली


admin
११ फाल्गुन २०७४, शुक्रबार   ४ : ४२   बजे

काठमाडौँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रमा नीतिगत सुधारको खाँचो रहेको बताउनुभएको छ ।

उच्च माध्यामिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘नेपालको संघीय संरचनामा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा नीतिगत सुधार गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता छ ।”

प्रधानमन्त्री ओलीले सरकार अब आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै विश्वका अन्य मुलुकजस्तै नेपालले पनि आर्थिक क्षेत्रमा फड्को मार्नुपर्छ भन्नुभयो ।

“विश्वका अन्य देशजस्तै नेपालले पनि चाँडै नै आर्थिक विकासमा प्रगति गर्नेछ”, उहाँले भन्नुभयो, “त्यसैले सरकारको ध्यान अब आर्थिक समृद्धितिर हुन्छ ।”

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै मुलुकलाई चाँडै नै विकासको गतिमा लैजाने पनि बताउनुभयो ।

हिसानका अध्यक्ष रमेश सिलवालले निजी क्षेत्रले शिक्षामा पु-याएको योगदानको चर्चा गर्दै सरकारसँग मिलेर निजी क्षेत्रले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि काम गर्ने चाहना भएको बताउनुभयो ।

उहाँले अहिले केन्द्रबाट मात्र सञ्चालित शिक्षा नीतिलाई परिवर्तन गरी प्रदेश र स्थानीय तहमा छुट्टै शिक्षा नीतिको आवश्यकता भएको औँल्याउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १६ देशका ३५० जनाको सहभागिता छ । सम्मेलनमा भारत, चीन, क्यानडा, अमेरिका, अष्ट्रेलियालगायत १५ देशका विश्वविद्यालयका प्राध्यापकले आ-आफ्नो देशका संघीय संरचनाका शिक्षा नीतिका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नेपालमा संघीय संरचनामा कस्तो शिक्षा नीति आवश्यक हुन्छ भनेर छलफल गर्नका लागि सम्मेलन आयोजना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group