ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले–माओवादीको सरकारका बेला हाम्रो पार्टीका साथीहरू डराएका थिए, अब खुसी छन् : देउवा


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   ७ : ३०   बजे

 

काठमाडौं २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा एमाले–माओवादीको सरकार हुँदा आफ्नो पार्टीका नेता, कार्यकर्ताहरु डराएका थिए । अब त्यस्तो नभएको भन्दै उनले भने– भअहिले त्यस्तो अवस्था छैन, खुशी छन् ।

बिहीबार सानेपास्थिन नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ–नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै देउवाले कांग्रेस–एमाले सरकार बनेपछि भने खुसी रहेको टिप्पणी गरे।

‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ,’ देउवाले भने, ‘एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए। डराएका पनि थिए। अफ्ठ्यारो पनि मानेका थिए। उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ। त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ। यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ। सबै साथीहरु खुशी छन्।’

उनले दुई पार्टी मिलेर अरु पार्टीलाई सिध्याउन खोजेको भन्नेमा परेको भए पनि त्यो सत्य नभएको बताए। ‘दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला,’ देउवाले भने, ‘तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन। मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन। त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ। हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ।’

उनले आफ्नो उमेरका कारण पनि पार्टीबाट विदा लिने बेला आएको भन्दै पार्टीको चिन्ता भविष्य भएको नेताहरुले नै बढ्ता गनुपर्नेमा जोड दिए। ‘मेरो एज पनि गयो,’ देउवाको उनले भने– हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ। भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ। मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ।’

सभापति देउवाले २ पार्टीको बिचमा भएको सहमतिले अरू दल सकिने हो कि भन्ने डर नपाल्न अनुरोध गर्दै भने‚‘अरू पार्टीका साथीहरू पार्टी सिद्धिन्छ भन्ने होला हाम्रो नीति अरूलाई सिद्ध्याउने हैन‚ ओलीजीको पनि त्यस्तो कुरा हैन होला ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हर्मुज जलडमरूमध्यमा अमेरिका-इरान तनाव: युद्धविराम तोडिने खतरा, लगातार दोस्रो रात हवाई आक्रमण

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

सम्बन्धित

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

हर्मुज जलडमरूमध्यमा अमेरिका-इरान तनाव: युद्धविराम तोडिने खतरा, लगातार दोस्रो रात हवाई आक्रमण

विश्वकप २०२६ : अन्तिम ३२ को समीकरण लगभग स्पष्ट, कुन टोली पुगे, को बाहिरिए र कसको आशा अझै बाँकी?

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu