ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी सिड्नी थिएटरमा १९७४ एडीले पहिलोपटक प्रस्तुति दिँदै


एबीसी न्यूज
४ आश्विन २०८१, शुक्रबार   १ : ३०   बजे

काठमाडौं ४ असोज । चर्चित ब्यान्ड ‘१९७४ एडी’ यतिखेर स्थापनाको तीस वर्षको उपलक्ष्यमा सांगीतिक विश्वभर सांगीतिक यात्रा गरिरहेको छ। जर्मनी र युकेमा प्रस्तुती दिएपछि ब्याण्ड यति बेला अष्ट्रेलियाका विभिन्न सहरहरूमा कन्सर्ट गरिरहेको छ।

ब्रिसबेन, पर्थ, मेलबर्न, एडिलेड, होबर्ट र क्यानबेरामा कन्सर्ट भइसकेका छन्।

ती सबै यात्रामा फ्यानहरूलाई भेट्नु उनीहरूलाई विशेष थियो नै, तर यसपल्ट सिड्नीमा हुन लागिरहेको कन्सर्ट १९७४ एडीको लागि मात्र नभएर समग्र नेपाली संगीतकै लागि ऐतिहासिक हुँदैछ।

ब्यान्डले सेप्टेम्बर २१ मा बजाउन लागेको ठाउँ आइसिसी सिड्नी थिएटरमा पहिलोपल्ट नेपाली साङ्गीतिक ब्याण्डले प्रस्तुति दिन लागेको हो। करिब ९ हजार दर्शक क्षमताको भए पनि उक्त हलको आधा मात्र लिएको आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टले जनाएको छ।

उनीहरूका अनुसार ब्यान्डको प्रस्तुति दौरान थिएटरमा ५५०० दर्शक हुनेछन् । सिड्नीको प्रस्तुतिलाई लिएर आफूहरू उत्साहित रहेको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकर याक्थुम्बाले बताए।

उनले भने, ‘यसपटक ३०औँ स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुति दिने प्रयास गर्नेछौँ। कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आइसिसीमा प्रस्तुति दिनु पाउनु आफ्नो लागि ठुलो अवसर र मौका हो।’

सिड्नीमा भएको कन्सर्टसँगै अष्ट्रेलिया यात्राको मैझारो हुने ब्याण्डले जनाएको छ। ब्यान्डको यसपटकको अष्ट्रेलिया कन्सर्टमा नेपालका लागि पूर्व अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क दर्शक भएर सहभागी भइरहेकी छन्।

सेप्टेम्बर १९ मा क्यानबेरामा भएको कन्सर्टमा त उनी स्टेजमा चढेर नेपालको झण्डा फरफराइरहेकी थिइन्। उनले १९७४ एडीको टिसर्ट पनि लगाएकी थिइन्।

उनी स्टेजमा चढ्नु केवल संयोग मात्र हैन। उनले ब्यान्डको पछिल्लो एउटा गीतमा स्वर पनि दिएकी छन्।

‘दिलले हैन जातले’ बोलको त्यो गीतको कोरस खण्डमा उनको स्वर सुन्न पाइन्छ। उक्त गीत आधिकारिक रूपमा सार्वजनिक हुन बाँकी भए पनि ब्याण्डले प्रस्तुतिहरूमा भने गाउने गरेको छ।

यसअघि जर्मनी र युकेमा भएको कन्सर्ट एकदमै सफल भएको थियो। ३१ अगस्टमा युकेमा भएको लाउड आउट म्युजिक फेस्टिभलमा त ६ हजार भन्दा धेरै नेपालीहरू आएका थिए।

बर्तिका एम राई, जोन एण्ड द लोकल्स, अनि वाङ्देन शेर्पा, सहित सहभागी भएको त्यो कन्सर्टको अन्तिममा सबैले ‘यो मन त मेरो नेपाली हो’ गीत गाएर १९७४ एडीलाई ३० औँ वर्षगाँठको लागि शुभकामना दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu