काठमाडौं । टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन नेपाली ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ । टोली सोमबार राति सिरिज खेल्न अस्ट्रेलियातर्फ प्रस्थान गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई आइतबार नै बिदाइ गरेको थियो । अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’को कप्तानी अनिलकुमार साहले गर्नेछन्।
भदौ ५ गतेदेखि सुरु हुने टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ले पहिलो खेल नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ । त्यसपछि भदौ ६ मा बंगलादेश हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदराबाद किङ्समेन एकेडेमी र भदौ १३ मा भिक्टोरिया सीए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
क्यानका अनुसार अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ।
सिरिज तथा अभ्यास खेलले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै राष्ट्रिय टोलीका लागि खेलाडी छनोटमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्