ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोना रोड्रीलाई भित्र्याउन सहमत, ६५ मिलियन पाउन्ड तिर्ने


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : १५   बजे

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर रोड्रीलाई भित्र्याउन सहमत भएको छ। बार्सिलोनाले रोड्रीका लागि सिटीलाई ६५ मिलियन पाउन्ड तिर्ने सहमति भएको बताइएको छ।

रोड्री र बार्सिलोनाबीच चार वर्षको सम्झौतासमेत भएको जनाइएको छ। क्लबले केही दिनभित्रै उनको अनुबन्धबारे औपचारिक घोषणा गर्ने तयारी गरेको छ।

रोड्रीलाई यसअघि स्पेनकै अर्को शीर्ष क्लब रियल मड्रिडले भित्र्याउने चर्चा चलेको थियो। तर बार्सिलोनाले उनलाई आफ्नो प्राथमिकतामा राख्दै सम्झौता गर्न सफल भएको हो।

यसअघि बार्सिलोनाले रोड्रीका लागि सिटीसमक्ष ३८.५ मिलियन पाउन्डको प्रस्ताव गरेको थियो। तर सिटीले उक्त प्रस्ताव अस्वीकार गरेको थियो। त्यसपछि बार्सिलोनाले प्रस्ताव बढाउँदै ६५ मिलियन पाउन्डमा सम्झौता गरेको बताइएको छ।

विश्वकपमा उत्कृष्ट खेलाडी

रोड्री पछिल्लो समय विश्व फुटबलका उत्कृष्ट मिडफिल्डरमध्ये एकका रूपमा स्थापित छन्। गत महिना सम्पन्न फिफा विश्वकपमा उनी सर्वोत्कृष्ट खेलाडीघोषित भएका थिए।

उनले सन् २०२४ मा प्रतिष्ठित बालोन डी’ओर समेत जितेका थिए।

रोड्रीले स्पेनिस क्लब एट्लेटिको मड्रिड छाडेर सन् २०१९ मा म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए। त्यसयता उनले सिटीलाई घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण सफलता दिलाएका छन्।

सिटीमा १२ उपाधि

रोड्री म्यानचेस्टर सिटीमा आबद्ध भएपछि क्लबले विभिन्न प्रतियोगितामा गरी १२ उपाधि जितेको छ।

उनको आगमनपछि सिटीले चार पटक प्रिमियर लिग, तीन पटक ईएफएल कप, दुई पटक एफए कप र एक पटक यूईएफए च्याम्पियन्स लिगजितेको उल्लेख गरिएको छ।

बार्सिलोनाले रोड्रीलाई भित्र्याएसँगै टोलीको मिडफिल्ड थप बलियो हुने अपेक्षा गरिएको छ। उनको खेल्ने शैली, पासिङ क्षमता र मिडफिल्ड नियन्त्रण गर्ने क्षमताका कारण उनी बार्सिलोनाको आगामी योजनाका लागि महत्वपूर्ण खेलाडी बन्ने अपेक्षा गरिएको छ।

रोड्रीको औपचारिक अनुबन्ध घोषणा भएपछि बार्सिलोनामा उनको आगमनलाई क्लबको पछिल्लो समयकै महत्वपूर्ण ट्रान्सफरमध्ये एकका रूपमा हेरिनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वासको मत नपाउने भएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको प्रदर्शन, हस्ताक्षर अभियान सुरु

सम्बन्धित

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu