ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड


ABC NEWS
१ भदौ २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौँ । इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० ले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले प्रभावशाली प्रदर्शन गर्दै उपाधि रक्षा अभियानको बलियो संकेत दिएको हो।

आइतबार कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा भएको खेलमा आर्सनलले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २४ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई अग्रता दिलाए।

आर्सनलले त्यसपछि पनि आक्रमणलाई निरन्तरता दियो। पहिलो हाफ सकिनुअघि काइ हाभर्ट्जले हेडमार्फत गोल गर्दै टोलीको अग्रता २–० बनाए।

दोस्रो हाफमा पनि आर्सनलले आफ्नो आक्रामक शैलीलाई निरन्तरता दियो। मार्टिन ओडेगार्डले तेस्रो गोल गर्दै आर्सनलको ३–० को जित सुनिश्चित गरे।

नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा रहेको म्यानचेस्टर सिटी आर्सनलको तीव्र दबाबसामु प्रभावहीन देखियो। सिटीले खेलमा उल्लेखनीय पुनरागमन गर्न नसक्दा आर्सनल सहज जिततर्फ अघि बढेको थियो।

आर्सनलका नयाँ खेलाडीहरूले समेत प्रभावशाली प्रदर्शन गरे। न्युक्यासलबाट ७ करोड ५० लाख पाउन्डमा अनुबन्धित ब्रुनो गिमारेसले मिडफिल्डमा प्रभाव देखाए। क्लब ब्रुगबाट ३ करोड ४० लाख पाउन्डमा आएका क्रिस्टोस जोलिसले दुई असिस्ट गर्दै आफ्नो डेब्यु स्मरणीय बनाए।

कम्युनिटी शिल्डको जितसँगै आर्सनलले नयाँ सिजनका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेको छ। लगातार दोस्रोपटक इंग्लिस लिगको उपाधि जित्ने लक्ष्यमा रहेको आर्सनलका लागि यो जितले टोलीको आत्मविश्वास थप बढाएको छ।

उता, म्यानचेस्टर सिटीका लागि भने नयाँ प्रशिक्षक मारेस्काको नेतृत्वमा सुरुआती चुनौतीका रूपमा यो हार देखिएको छ। आर्सनलको तीव्र आक्रमण र दबाब सामना गर्न नसक्दा सिटी तीन गोलको अन्तरले पराजित भयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लुम्बिनी सरकारबाट जसपाले फिर्ता लियो समर्थन, मुख्यमन्त्री आचार्यलाई विश्वासको मतमा चुनौती

संघीय संसद्का दुवै सदनको बैठक आज, चार विधेयक प्रतिनिधिसभामा पेस हुँदै

सम्बन्धित

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu