काठमाडौं । बंगलादेशले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा ऐतिहासिक जित निकालेको छ। डार्विनमा भएको खेलमा बंगलादेशले घरेलु टोली अस्ट्रेलियालाई ९ विकेटले पराजित गर्दै पहिलोपटक अस्ट्रेलियाको घरेलु मैदानमा टेस्ट जितेको हो।
अस्ट्रेलियाले दोस्रो इनिङमा दिएको ५७ रनको लक्ष्य बंगलादेशले एक विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका मोमिनुल हकले अविजित ३० तथा शदमान इस्लामले अविजित २५ रन बनाएर टोलीलाई जित दिलाए। ताजिद हसन तमीम भने खाता नखोल्दै आउट भए।
यसअघि बंगलादेशले पहिलो इनिङमा ४२६ रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया पहिलो इनिङमा १९८ रनमा अलआउट भएको थियो। दोस्रो इनिङमा पनि अस्ट्रेलियाको टोली २८४ रनमै समेटिएपछि बंगलादेशले जितका लागि ५७ रनको लक्ष्य पाएको थियो।
हसन महमुदको उत्कृष्ट प्रदर्शन
बंगलादेशको ऐतिहासिक जितमा तीव्र गतिका बलर हसन महमुदले महत्वपूर्ण योगदान दिए। उनले खेलमा कुल ९ विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शनका लागि हसन महमुदलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरिएको छ।
यस जितसँगै बंगलादेशले दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता बनाएको छ। अब दोस्रो तथा अन्तिम टेस्टमा पनि जित निकाल्दै बंगलादेश शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्