ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ३ : ५५   बजे

सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण तथा यसको प्राकृतिक बासस्थान जोगाउने सन्देश फैलाउने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन २०२६’ आयोजना हुने भएको छ। म्याराथनको तेस्रो संस्करण आगामी भदौ २० गते आयोजना गर्न लागिएको हो।

रेड पाण्डाको दीर्घकालीन संरक्षण, बासस्थान पुनर्गठन तथा हिमाली जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। खेलकुदलाई संरक्षण अभियानसँग जोड्दै स्थानीय समुदाय तथा नयाँ पुस्तामा प्राकृतिक सम्पदाप्रति जिम्मेवारीबोध गराउने लक्ष्यसमेत राखिएको छ।

स्थानीय साझेदार संस्था हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाका अनुसार प्रतियोगिता रेड पाण्डा नेटवर्कको आयोजनामा तथा ‘प्ले फर नेचर’को मुख्य आर्थिक सहयोगमा हुन लागेको हो।

आयोजकका अनुसार म्याराथनले सोलुखुम्बुको तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नसमेत सहयोग पुर्‍याउनेछ। हिमाली भूगोल, प्राकृतिक सम्पदा र जैविक विविधतालाई खेलकुदमार्फत विश्वसामु चिनाउने प्रयासका रूपमा प्रतियोगितालाई अघि बढाइएको हो।

४८ किलोमिटरको कठिन ट्रेल

मुख्य म्याराथन सल्लेरीस्थित समुद्री सतहबाट दुई हजार ३६० मिटर उचाइमा रहेको थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु हुनेछ। त्यहाँबाट चार हजार ५४ मिटर उचाइमा रहेको पिके पिकसम्म पुगेर धावकहरू पुनः सुरुआती स्थानमै फर्किनेछन्।

कुल ४८ किलोमिटर लामो यस ट्रेलमा दुई हजार ८७२ मिटरभन्दा बढीको उचाइ पार गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय ट्रेल रनिङ एसोसिएसनबाट यो ट्रेलले तीन पोइन्ट प्राप्त गरेको आयोजकले जनाएको छ।

उचाइ र भौगोलिक कठिनाइका कारण अनुभवी ट्रेल धावकका लागि समेत चुनौतीपूर्ण मानिएको यो दौड पूरा गर्न सात घण्टा ३० मिनेटको समयसीमा तोकिएको छ।

पहिलोपटक ‘रेड पाण्डा फन रन’

यस वर्ष प्रतियोगितामा पहिलोपटक पाँच किलोमिटर लामो ‘रेड पाण्डा फन रन’ पनि समावेश गरिएको छ। मुख्य म्याराथनको तुलनामा सहज बनाइएको यो दौड सबै उमेर र क्षमताका व्यक्तिका लागि खुला रहनेछ।

फन रन थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर सल्लेरीको सेर्गा खोप हुँदै फाप्लु गुम्बामा पुगेर समाप्त हुनेछ। स्थानीय समुदायको सहभागिता बढाउने उद्देश्यले फन रन समावेश गरिएको आयोजकले जनाएको छ।

प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण दूत दयाहाङ राईसमेत फन रनमा सहभागी हुने अध्यक्ष शेर्पाले जानकारी दिएका छन्।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले आयोजक संस्थाको आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ।

विजेतालाई डेढ लाखसम्म पुरस्कार

४८ किलोमिटर मुख्य म्याराथनका महिला तथा पुरुषतर्फका विजेतालाई छुट्टाछुट्टै पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

पहिलो हुने धावकले एक लाख ५० हजार रुपैयाँ, दोस्रोले एक लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौथो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

त्यस्तै, ‘फरेस्ट गार्डियन’ विधाका उत्कृष्ट तीन धावकलाई क्रमशः २५ हजार, २० हजार र १० हजार रुपैयाँ प्रदान गरिनेछ।

पाँच किलोमिटर ‘रेड पाण्डा फन रन’का शीर्ष चार विजेतालाई क्रमशः २५ हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ। दौड निर्धारित रूपमा पूरा गर्ने सबै सहभागीलाई फिनिसर पदक प्रदान गरिने आयोजकले जनाएको छ।

पाथीभरादेखि सोलुखुम्बुसम्म संरक्षण अभियान

रेड पाण्डा म्याराथनको पहिलो संस्करण सन् २०२४ मा ताप्लेजुङको पाथीभरा क्षेत्रमा आयोजना गरिएको थियो। दोस्रो संस्करण सन् २०२५ मा इलाममा सम्पन्न भएको थियो।

अघिल्ला दुई संस्करणमा नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र जापानका गरी करिब १४० धावक सहभागी भएका थिए।

आयोजकका अनुसार रेड पाण्डा केवल एउटा दुर्लभ वन्यजन्तु मात्र नभई हिमाली पारिस्थितिक प्रणालीको महत्वपूर्ण हिस्सा हो। वन क्षेत्रमा मानिसको प्रत्यक्ष नजरमा नपरेका धेरै प्राकृतिक सम्पदा रहेकाले तिनको संरक्षणका लागि स्थानीय समुदायलाई अभियानसँग जोड्नु आवश्यक रहेको अध्यक्ष शेर्पाको भनाइ छ।

उनका अनुसार रेड पाण्डा म्याराथनजस्ता कार्यक्रमले खेलकुदको माध्यमबाट संरक्षणको सन्देश फैलाउनुका साथै स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्ने अवसरसमेत प्रदान गर्छ।

रेड पाण्डा संरक्षण, साहसिक पर्यटन र स्थानीय सहभागितालाई एउटै अभियानमा जोड्ने उद्देश्यले आयोजना हुन लागेको यस वर्षको म्याराथनले सोलुखुम्बुको प्राकृतिक सौन्दर्यसँगै नेपालको संरक्षण अभियानलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ समुदायमाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस इतर समूहको सम्मेलनमा निधि र महतबीच भनाभन

बुढीगण्डकी प्रभावितको पुनर्वास र पूर्वाधारका लागि गृहमन्त्रीलाई ज्ञापनपत्र

सम्बन्धित

म्यानचेस्टर युनाइटेड फर्किए मार्कस रासफोर्ड

सिड्नीमा सुरु भयो १०औँ सहारा कप, पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी

तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu