ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीले पेनाल्टी गुमाए, इन्टर मियामी ४–१ ले पराजित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ५ : २५   बजे

काठमाडौं । लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामी अमेरिकन मेजर लिग सकर (एमएलएस)मा ४–१ ले पराजित भएको छ ।

शनिबार अमेरिकाको नेस्भिलस्थित जियोडिज पार्कमा भएको खेलमा घरेलु टोली नेस्भिल एससीले मियामीलाई पराजित गरेको हो । यससँगै अगस्ट ८ मा आफ्ना बुवाको निधनपछि मेसीले खेलेका दुवै खेलमा इन्टर मियामी पराजित भएको छ । यसअघि मियामी क्लब लियोनसँग ३–२ ले पराजित भएको थियो ।

खेलमा मेसीले पेनाल्टीसमेत गुमाए । २३औँ मिनेटमा लुइस स्वारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि मियामीले पेनाल्टी पाएको थियो । मेसीले प्रहार गरेको बल नेस्भिलका गोलकिपर ब्रायन स्च्वाकले बचाए ।

पहिलो हाफको इन्ज्युरी समयमा मियामीका टेलास्को सेगोभियाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर दोस्रो हाफमा नेस्भिलले थप तीन गोल गर्दै ४–१ को सहज जित निकालेको हो ।

मेसीका लागि पछिल्लो समय पेनाल्टीमा खराब लय देखिएको छ । गत महिना सम्पन्न फिफा विश्वकपमा समेत उनले दुई पेनाल्टी अवसर गुमाएका थिए ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिकूल मौसम र अफसिजनले जोमसोम–पोखरा हवाई उडान प्रभावित

एमाले आधारभूत वर्ग र समुदायबाट टाढिँदै गयो : शंकर पोखरेल

सम्बन्धित

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ

बंगलादेशद्वारा अस्ट्रेलिया ९ विकेटले पराजित, घरेलु मैदानमै ऐतिहासिक टेस्ट जित

बंगलादेशसँग अस्ट्रेलिया ९ विकेटले पराजित, टेस्ट शृंखलामा १–० को अग्रता

म्यानचेस्टर युनाइटेड फर्किए मार्कस रासफोर्ड

सिड्नीमा सुरु भयो १०औँ सहारा कप, पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी

रेड पाण्डा संरक्षणको सन्देश बोकेर सोलुखुम्बुमा हुँदैछ ‘रेड पाण्डा म्याराथन २०२६’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu