ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले आधारभूत वर्ग र समुदायबाट टाढिँदै गयो : शंकर पोखरेल


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ६ : ५५   बजे

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेसहितका वामपन्थी शक्ति आधारभूत वर्ग र समुदायबाट टाढिँदै गएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै पोखरेलले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेले पार्टी सदस्य तथा उनीहरू निकट समुदायबाहेक व्यापक वर्ग र समुदायको जनमत आकर्षित गर्न नसकेको स्वीकार गरे।

उनले वामपन्थी शक्तिहरू पूर्वाधार विकासमा बढी केन्द्रित हुँदा सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा अपेक्षाकृत प्रभावकारी काम गर्न नसकेको बताए।

‘आधारभूत वर्ग र समुदायबाट हामी किन टुट्यौँ?’ भन्ने प्रश्नको जवाफ दिँदै पोखरेलले भने, “हामी पूर्वाधार विकासमा बढी केन्द्रित भयौँ। सामाजिक विकास र सामाजिक न्यायका मुद्दामा, खासगरी शिक्षा, स्वास्थ्य र रोजगारीको प्रत्याभूतिको सम्बन्धमा हामी प्रभावकारी हुन सकेनौँ।”

शिक्षित बेरोजगारी प्रमुख चुनौती

पोखरेलले नेपालको ठूलो श्रमशक्ति अझै कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवाहरू कृषि पेसामा फर्कन नचाहने अवस्था रहेको बताए।

कृषिमा शिक्षित युवाको पर्याप्त संलग्नता हुन नसक्दा शैक्षिक बेरोजगारी बढेको र त्यसबाट उत्पन्न असन्तुष्टि वैदेशिक पलायन तथा राज्यप्रतिको आक्रोशमा परिणत भएको उनको भनाइ छ।

उनले मुलुकको वर्तमान संकटको एउटा प्रमुख कारण शिक्षित पुस्तामा बढ्दो बेरोजगारी र त्यसबाट उत्पन्न असन्तुष्टि रहेको बताए।

पार्टी पुनर्गठनमा जोड

महासचिव पोखरेलले एमालेको समग्र पुनर्गठन आजको आवश्यकता भएको पनि बताए। वामपन्थी कार्यकर्तामा देखिएको निराशालाई उत्साह र गतिशीलतामा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

उनले आगामी दिनमा वामपन्थी दलहरूले जनतासँगको सम्बन्ध थप बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आधारभूत वर्ग तथा समुदायका समस्या र अपेक्षासँग पार्टीको सम्बन्ध पुनः स्थापित गर्नुपर्ने बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

वाम आन्दोलनको गम्भीर समीक्षा गरौँ : शक्तिबहादुर बस्नेत

पूर्वाधारमन्त्री लम्सालसहित भ्रमण टोलीलाई भाइरल ज्वरो

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विवाद : बैंकको धितो अधिकार कि प्राधिकरणको स्वामित्व?

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

हङकङमा फेरि आँधीको जोखिम, मध्य सातादेखि मौसम प्रभावित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu