ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

बागलुङ । पश्चिम बागलुङको बडिगाड गाउँपालिका-९ दर्लिङखोलाका आठ घर पहिरोको उच्च जोखिममा परेका छन् । दर्लिङखोलाका विभिन्न स्थानमा खसेको पहिरोले खहरे र बलघाँस गाउँका घरहरूमा असर पुर्‍याएको हो ।

वडाका विभिन्न बस्ती जोड्ने ग्रामीण सडकखण्डमा पहिरो खसेपछि १५ वटा घर जोखिममा परे पनि, आठ घर उच्च जोखिममा रहेको दर्लिङखोलाका वडाध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो । “निरन्तर वर्षा भइरहेकाले पहिरो खस्ने त्रास बढेको छ,” उहाँले भन्नुभयो, “खहरे र बलघाँसका १० परिवार आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।”

पहिरोले खहरे र बलघाँसका मने क्षेत्री, बक्सिङ कामी, माया विक, रामप्रसाद न्यौपाने, बासमती दमाईं, खिमे दमाईं, आनन्द केसी र सुनिता विकको घर उच्च जोखिममा परेको वडा सदस्य लालबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार अझै केही दिन वर्षा भए वडामा ठुलो भौतिक तथा मानवीय क्षति हुने सम्भावना छ ।

विस्थापित परिवारको दुःख

पहिरोबाट विस्थापित सुनिता विकले घरमा बस्नै नसक्ने गरी क्षति पुगेपछि छिमेकीकै सहारामा रात कटाउन बाध्य भएको बताउनुभयो । उहाँको घर गत वर्ष पनि पहिरोले क्षति बनाएको थियो । “पहिरो गरिबकै घरमाथि खसिन्छ,” विकले दुखेसो व्यक्त गर्दै भन्नुभयो, “गत वर्षको पहिरोले क्षति पुर्याएको घर मर्मत गर्न नपाउँदै फेरि अर्को क्षति व्यहोर्नुपर्यो ।”

पहिरोले घरमा क्षति पुर्‍याए पनि अहिलेसम्म कुनै राहत प्राप्त नभएको विकको गुनासो छ । उहाँ सुनितासँगै बूढी सासूआमा, दुई नाबालक छोरासहित श्रीमान्को साथमा छिमेकीकै शरणमा रात बिताउन बाध्य हुनुहुन्छ । वडाध्यक्ष केसीले प्रहरी र पालिकासँग राहत तथा जोखिम न्यूनीकरणका लागि समन्वय भइरहेको बताउनुभयो ।

सडक र विद्यालयमा क्षति

पहिरोले दर्लिङखोलाका मुख्य सडक पनि अवरुद्ध भएका छन् । सडकका विभिन्न स्थानमा पहिरो खसेपछि र दर्लिङखोला घाट क्षतिग्रस्त हुँदा सवारी आवागमन ठप्प भएको छ ।

“मध्यपहाडी लोकमार्गबाट वडा नं. ९ हुँदै वडा नं. १० दर्लिङ जोड्ने सडक तथा छिपछिपे उपल्लाचौर-राखिचौर हुँदै गुल्मी जोड्ने सडक तत्काल खोल्न नसकिने गरी क्षति भएको छ,” वडाध्यक्ष केसीले भन्नुभयो, “दर्लिङखोला घाटमा ठुलो मेसिनको व्यवस्थापन गर्न समय लाग्छ ।”

पहिरोकै कारण नवजागरण प्राथमिक विद्यालयको कम्पाउन्ड पर्खालमा क्षति पुगेको छ भने बडिगाड गाउँपालिका-५ ग्वालीचौरको भिरकटेरी प्राविको पर्खाल भत्किँदा विद्यालय पनि जोखिममा परेको स्थानीय जीवन घिमिरेले जानकारी दिनुभयो । वि.सं. २०८१ साउनमा बडिगाड वडा नं. ९ दर्लिङखोला र वडा नं. १० दर्लिङमा गएको भीषण पहिरोमा मानवीय तथा करोडौँका भौतिक संरचनाको क्षति भएको थियो ।

अघिल्लो वर्ष पनि भएको थियो क्षती

गत वर्ष पनि पहिरोले सो क्षेत्रमा ठुलो क्षति ल्याएको थियो, र यस पटक फेरि जोखिम बढेपछि स्थानीयवासी चिन्तित भएका छन्। सुनिता विकले पहिरोको कारणले आफ्नो घर पुरै क्षति भएपनि अहिलेसम्म कुनै प्रकारको राहत नपाएको गुनासो गरिन् ।

जोखिम न्यूनीकरणका प्रयास

वडाध्यक्ष केसीले प्रहरी र स्थानीय सरकारसँग समन्वय गरेर यथासम्भव छिट्टै राहत उपलब्ध गराउने प्रयास भइरहेको बताउनुभयो। साथै, अवरुद्ध सडक खोल्न आवश्यक पर्ने उपकरणहरूको व्यवस्थापन गरिरहेको जानकारी दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu