ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ८ : १५   बजे

ललितपुर । ललितपुरको धापाखेलस्थित प्रसिद्ध नागदहमा प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने नागपञ्चमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष सोमबार हुने मेलाका लागि सुरक्षा, सरसफाइ, पूजा, गङ्गा आरती, प्रचारप्रसार तथा बजार व्यवस्थापनलगायतका काम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

ललितपुर महानगरपालिका–२४ का वडाध्यक्ष तथा नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष दिनेशजङ्ग पाण्डेका अनुसार भक्तजनको सहज दर्शन तथा पूजा व्यवस्थापनका लागि सोमबार बिहान ४ बजेदेखि नै नागदह खुला गरिनेछ।

परापूर्वकालदेखि साउन शुक्ल पञ्चमीका दिन नागदहमा नागको विशेष पूजा तथा मेला लाग्दै आएको जनविश्वास छ। वासुकी नागको बासस्थानका रूपमा मानिने नागदहमा नागपञ्चमीका दिन पूजा तथा दर्शन गरेमा सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

मेलालाई व्यवस्थित बनाउन यस वर्ष प्रचारप्रसार, सुरक्षा, सरसफाइ, गङ्गा आरती, पूजा तथा बजार व्यवस्थापनसहित ११ वटा विषयगत उपसमिति गठन गरिएको छ। भक्तजनको भीड व्यवस्थापनका लागि सुरक्षाकर्मीका साथै विद्यालयका स्काउट तथा समाजसेवी परिचालन गरिने भएको छ।

स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै धापाखेल हेल्थपोस्ट, रेडक्रस र सुमेरु अस्पतालसँगको सहकार्यमा एम्बुलेन्स तथा प्राथमिक उपचारको व्यवस्था गरिएको छ।

नागपञ्चमीका दिन पुजारी शिव गिरीको घरबाट बहुमूल्य गरगहनासहित पित्तलको नागको प्रतिमा बाजागाजासहित नागदहमा ल्याएर विशेष पूजा गर्ने परम्परा छ। दिनभर पूजा गरिएपछि राति उक्त प्रतिमालाई पुनः बाजागाजासहित पुजारीकै घरमा लगेर राख्ने चलन रहेको वडाध्यक्ष पाण्डेले बताए।

स्थानीय जनविश्वासअनुसार नागदहमा स्नान गरी नागको दर्शन तथा पूजा गरेमा घरमा सुखशान्ति कायम हुने, अन्नबाली सप्रने तथा छालासम्बन्धी रोग निको हुने विश्वास गरिन्छ। यही विश्वासका कारण नागपञ्चमीमा ललितपुरसँगै काठमाडौं उपत्यका तथा आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा भक्तजन नागदह पुग्ने गर्छन्।

मेलामा धापाखेल, झरुवाराशी, चापागाउँ, ठैव, हरिसिद्धी, लुभु, लेले, गोदावरी, छम्पी र सातदोबाटोलगायत क्षेत्रबाट भक्तजन आउने अपेक्षा गरिएको छ।

करिब ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदह धार्मिक तथा सांस्कृतिक महत्वसँगै प्राकृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। समितिका अनुसार दहको औसत गहिराइ करिब २५ फिट भए पनि मध्यभागमा ४१ फिटसम्म गहिरो छ। यसको चौडाइ करिब ९३७ मिटर रहेको जनाइएको छ।

नागदहलाई प्राचीन तालका रूपमा लिइन्छ। काठमाडौँ उपत्यकाको पानी चोभार क्षेत्रबाट बाहिर निकालिएपछि यहाँ नागहरूको बासस्थानका रूपमा दह निर्माण गरिएको भन्ने धार्मिक किंवदन्ती प्रचलित छ।

किंवदन्तीअनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका जलमय हुँदा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाड काटेर पानी बाहिर पठाएका थिए। पानी बाहिरिएपछि नागराजालाई सुरक्षित राख्न दह निर्माण गरिएको र त्यही दह पछि नागदहका रूपमा परिचित भएको जनविश्वास छ।

धार्मिक तथा सांस्कृतिक महत्वसँगै नागदह राष्ट्रिय सिमसार क्षेत्रका रूपमा समेत महत्वपूर्ण छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको छ। नागपञ्चमीका साथै ऋषिपञ्चमीमा समेत यहाँ ठूलो मेला लाग्ने गर्छ।

पछिल्लो समय ललितपुर महानगरपालिकाले नागदहको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई संरक्षण गर्दै यसलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयास गरिरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu