ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा–५ मा अवैध घरेलु मदिराको कच्चा पदार्थ बरामद, दुई जना पक्राउ


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : २५   बजे

पोखरा । पोखरा महानगरपालिका–५ मा व्यावसायिक प्रयोजनका लागि अवैधरूपमा उत्पादन हुँदै आएको घरेलु मदिराको ठूलो परिमाणको कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।

स्वास्थ्यमा गम्भीर असर पार्ने अखाद्य वस्तु मिसाएर मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डीएसपी वीरेन्द्र पासवानका अनुसार पोखरा–५ मा कोठा भाडामा लिएर बस्दै आएका वसन्त दुलामी र सपना लामिछानेले अवैध रूपमा मदिरा उत्पादन गरिरहेको फेला परेको हो ।

वडा प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले खानतलासी गर्दा मदिरा बनाउन प्रयोग गरिने १५ ड्रम कच्चा पदार्थ बरामद गरेको थियो । स्वास्थ्यका लागि हानिकारक देखिएको उक्त सामग्री प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जनाएको छ ।

अवैध मदिरा उत्पादनमा संलग्न दुलामी र लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अवसर लिनेहरू नै असन्तुष्ट भए : ओली

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा

सम्बन्धित

नागपञ्चमीका लागि धापाखेलको नागदहमा तयारी पूरा

बागलुङमा पहिरोको त्रास : आठ घर उच्च जोखिममा, १० परिवार विस्थापित

नयाँ विद्युत् विधेयकमा निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन इप्पानको माग

सरकार प्रचारबाजीमा लाग्दा ग्यास अभाव भयो : ग्यास विक्रेता महासंघ

होटल तथा रेस्टुरेन्टलाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आयल निगमको आग्रह

रेडिसन होटलमा ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu