ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौंमा


ABC NEWS
३१ श्रावण २०८३, आइतबार   ७ : ४५   बजे

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा जनरल सेठ नेपाल आएका हुन्।

पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल आएका जनरल सेठसँग उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले भारतीय सेनाध्यक्षसहितको टोलीलाई स्वागत गरेका थिए।

भ्रमणका क्रममा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

उहाँलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।

नेपाल र भारतबीचको सैनिक सम्बन्धमा लामो समयदेखि एकअर्काका सेनाध्यक्षलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार भारतीय स्थल सेनाध्यक्ष सेठलाई पनि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्न लागिएको हो।

चारदिने भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले नेपाली सेनाका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको पारस्परिक सम्बन्ध, सहकार्य र आपसी समझदारीलाई थप सुदृढ बनाउन योगदान पुग्ने नेपाली सेनाले जनाएको छ।

नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास, उच्चस्तरीय भ्रमण, तालिम तथा विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ। भारतीय स्थल सेनाध्यक्षको यो भ्रमण पनि दुई देशबीचको परम्परागत सैनिक सम्बन्धलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लोकतन्त्र केवल चुनाव होइन, बलियो संस्थाको नाम पनि हो

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

जाजरकोटमा पहिरोबाट ३०० जनाभन्दा बढीको उद्धार, आठ घाइते र चार शव फेला

नागपञ्चमीका लागि धापाखेलको नागदहमा भव्य मेला तयारी पूरा

बक्यौता तिर्ने दबाबमा इन्टरनेट सेवा प्रदायक : सर्वोच्चमा मुद्दा विचाराधीन, सरकारसँग समय र किस्ताबन्दी सुविधा मागियो 

Private Sector Key to Expanding Nepal’s Electricity Market, Experts Say

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu