लुम्बिनी । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन सोमबारदेखि फिर्ता लिएको छ।
जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्य नेतृत्वको प्रदेश सरकारलाई जसपाले यसअघि समर्थन गर्दै आएको थियो। तर सोमबारदेखि समर्थन फिर्ता लिँदै मुख्यमन्त्री आचार्यले मागेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई जसपाले निर्देशन दिएको छ।
जसपाको समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन थप चुनौती देखिएको छ। उनले सोमबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्।
जसपाले आफ्ना प्रदेशसभा सदस्यलाई पार्टी निर्णयअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको जनाएको छ। यससँगै लुम्बिनी प्रदेश सरकारको बहुमत समीकरण थप पेचिलो बनेको छ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न अन्य दल तथा प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने अवस्था आएको छ। प्रदेशसभामा दलहरूको पछिल्लो शक्ति समीकरणले सरकारको भविष्य निर्धारण गर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्