ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रकको ठक्करबाट एमाले सुदूरपश्चिमकी नेतृ सावित्रा सापकोटाको मृत्यु


ABC NEWS
१ भदौ २०८३, सोमबार   १ : २५   बजे

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य सावित्रा सापकोटाको मृत्यु भएको छ।

सोमबार बिहान सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते सापकोटालाई तत्कालै दोदोधरा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया र लम्कीचुहा नगरपालिकाको सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्। पछिल्लो समय उनी एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सल्लाहकार समिति सदस्यका रूपमा सक्रिय थिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागपञ्चमीमा पशुपति, नागपोखरी र टौदहमा भक्तजनको घुइँचो

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ग्यास अभावबारे सांसद मेचेको प्रश्न– ‘नाकाबन्दी छैन, आपूर्ति व्यवस्थापन किन भएन?’

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ

Social Security Crisis Rooted in Income Inequality, Not Demographics

Remembering Ward Churchill: Activist Scholar Who Challenged Power

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu