ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास नपाउँदा सांसद कर्णको घरमै चुलो बलेन, सरकारसँग मागे जवाफ


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : ०५   बजे

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्णले आफ्नै घरको चुलोसमेत नबलेको बताएका छन्।

सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद कर्णले ग्यास अभावको समस्या आफूले मात्र नभई देशभरका सर्वसाधारणले भोगिरहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

उनले ग्यासको सहज आपूर्ति हुन नसक्दा नागरिकको दैनिक जीवन प्रभावित भएको बताए। बजारमा ग्यासको अभाव भइरहेका बेला सरकारले तत्काल वैकल्पिक व्यवस्था तथा आपूर्ति व्यवस्थापन गर्नुपर्ने उनको माग छ।

‘ग्यास नपाएर मेरो चुलो बलेन’

सांसद कर्णले आफूले भोगेको समस्यालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै भने, ‘ग्यास नपाएर मेरो चुलो बलेन, खाना पाकेन। यो समस्या मेरो मात्र होइन, आम नागरिकले पनि भोगिरहेका छन्।’

उनले ग्यास अभावका कारण सर्वसाधारणले खाना पकाउनसमेत समस्या भोग्नुपरेको बताए।

कर्णले बजारमा ग्यासको आपूर्ति सहज बनाउन सरकार असफल भएको आरोप लगाउँदै संसद्बाट यस विषयमा रुलिङसमेत भइसकेको अवस्थामा पनि समस्या समाधानका लागि प्रभावकारी कदम नचालिएको गुनासो गरे।

‘सरकारले अब के गर्ने?’

सांसद कर्णले सरकारले ग्यास अभाव तत्काल समाधान गर्न नसके त्यसको विकल्पबारे स्पष्ट योजना सार्वजनिक गर्नुपर्ने बताए।

विद्युत्को प्रयोग बढाउँदा ट्रान्सफर्मरमा समस्या आउन सक्ने भन्दै प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिको स्मरण गर्दै उनले ग्यास अभावका बेला नागरिकले खाना पकाउन प्रयोग गर्ने वैकल्पिक ऊर्जाको व्यवस्थापनबारे सरकारसँग प्रश्न गरे।

उनले भने, ‘सभाबाट रुलिङ भएर पनि सरकारले कुनै व्यवस्थापन गरेको छैन। अब सरकारले के गर्नुपर्ने हो?’

ग्यास अभावप्रति संसद्मा बढ्दो चासो

एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि पछिल्लो समय बजारमा अभाव देखिएको विषय संसद्मा समेत उठ्न थालेको छ।

नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुँदा सरकारले तत्काल बजार व्यवस्थापन, आपूर्ति प्रणाली र वैकल्पिक ऊर्जाको उपलब्धताबारे स्पष्ट कदम चाल्नुपर्ने सांसदहरूको माग छ।

सांसद कर्णले सरकारले समस्या गम्भीर हुनुअघि नै प्रभावकारी व्यवस्थापन गर्नुपर्ने भन्दै ग्यास आपूर्ति सहज बनाउन तत्काल पहल गर्न आग्रह गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वासको मत नपाउने भएपछि वाग्मतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको प्रदर्शन, हस्ताक्षर अभियान सुरु

सम्बन्धित

कोरियाबाट फर्किएका नेपालीको सीप र पुँजीलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्छ : ढकाल

नेपाल–भारत सीमा नक्साङ्कन तीन वर्षभित्र सक्ने सहमति, कार्यान्वयनमा विगतकै चुनौती दोहोरिने जोखिम

विद्युत् प्राधिकरणका कर्मचारीलाई २७ हजार रुपैयाँ वार्षिकोत्सव भत्ता

ग्यास अभावबारे सांसद देवकोटाको प्रश्न : ‘अभाव हो भने सरकारलाई असर किन देखिएन?’

आजको मौसम : पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

बागमतीका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu