ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीमा लगाइएको भ्याट हटाउन माग गर्दै उज्यालो नेपालको प्रदर्शन, हस्ताक्षर अभियान सुरु


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : ४५   बजे

काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।

कुलमान घिसिङ नेतृत्वको पार्टीले बिजुलीमा लगाइएको भ्याट हटाउन सरकारलाई दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियानसमेत सुरु गरेको छ।

प्रदर्शनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताले विद्युत् उपभोगमा लाग्ने कर हटाउनुपर्ने माग राखेका थिए। विद्युत् आम नागरिक तथा उद्योग–व्यवसायका लागि अत्यावश्यक सेवा भएकाले यसमा थप करको भार लगाउन नहुने पार्टीको तर्क छ।

उज्यालो नेपालले बिजुलीको भ्याट खारेजीसँगै डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङले हस्ताक्षर अभियानमार्फत सरकारमाथि दबाब सिर्जना गर्ने बताए।

उनका अनुसार विद्युत् क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा सरकारलाई जिम्मेवार बनाउन जनस्तरबाट दबाब आवश्यक रहेको छ।

सीके राउतले दिए समर्थन

उज्यालो नेपालले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसमेत सहभागी भएका थिए।

राउत सोमबार माइतीघर मण्डल पुगेर प्रदर्शनमा सहभागी भएका तथा अभियानप्रति समर्थन जनाएका थिए।

उज्यालो नेपालले विद्युत्मा लगाइएको भ्याट हटाउनुपर्ने माग यसअघि पनि उठाउँदै आएको थियो। पार्टीले विद्युत् कर हटाउन सरकारको ध्यानाकर्षण गराउन विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ।

पार्टीले विद्युत् क्षेत्रलाई उत्पादन, रोजगारी र औद्योगिक विकासको आधारका रूपमा अघि बढाउन उपभोक्तामाथिको कर भार घटाउनुपर्ने धारणा राख्दै आएको छ।

हस्ताक्षर अभियानमार्फत संकलित हस्ताक्षर सरकारलाई बुझाएर विद्युत्मा लगाइएको भ्याट खारेजीका लागि थप दबाब सिर्जना गर्ने उज्यालो नेपालको तयारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको धार्मिक गतिविधिले राजनीतिक बहस तातेको दाबी

रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

क्यानबेरा, रियाद र बैंककमा नेपाली दूतावास भवन निर्माण सुरु गरिँदै

सभामुखले रास्वपा सांसद आशिका तामाङलाई संसद्को मर्यादा कायम राख्न निर्देशन

संघीय कर्मचारीले अब महिनामा दुई पटक तलब पाउने सम्भावना, महालेखाको परिपत्र

सहकारी तथा लघुवित्तपीडित पाँच दिनदेखि मानव अधिकार आयोगमा धर्नामा

इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश

देउवाको धार्मिक गतिविधिले राजनीतिक बहस तातेको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu