ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघीय कर्मचारीले अब महिनामा दुई पटक तलब पाउने सम्भावना, महालेखाको परिपत्र


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : २५   बजे

काठमाडौं । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अबदेखि महिनामा दुई पटक अर्थात् प्रत्येक १५ दिनमा तलब तथा भत्ता पाउने व्यवस्था कार्यान्वयन हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गरेको छ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार जारी गरेको परिपत्रमा कर्मचारीको तलब तथा भत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न निर्देशन दिइएको छ। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन तथा चालु आर्थिक वर्षको बजेट वक्तव्यमा गरिएको व्यवस्थाअनुसार नयाँ प्रणाली कार्यान्वयन गर्न लागिएको कार्यालयले जनाएको छ। यसका लागि आवश्यक प्रणाली सुधारसमेत गरिसकिएको बताइएको छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीले हाल खाइपाइ आएको मासिक तलब–भत्तासँगै थप गरिएको कर्मचारी प्रोत्साहन भत्तासमेत अर्धमासिक रूपमा प्राप्त गर्नेछन्। प्रत्येक महिनाको १५ दिन पूरा भएपछि सो अवधिको पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइएको छ।

यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत वैशाख ४ गते नीतिगत मार्गदर्शनअनुसार प्रत्येक १५ दिनमा कर्मचारीको तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएका थिए। तर, आवश्यक तयारीका कारण उक्त व्यवस्था तत्काल कार्यान्वयनमा आउन सकेको थिएन।

प्रदेश र स्थानीय तहमा पनि लागू हुन सक्ने

महालेखा नियन्त्रक कार्यालयका अनुसार हालको व्यवस्था संघीय सरकारअन्तर्गतका कर्मचारीमा मात्र लागू हुनेछ। प्रदेश तथा स्थानीय तहले आवश्यक निर्णय गरेमा आफ्ना कर्मचारीको हकमा पनि अर्धमासिक तलब भुक्तानीको व्यवस्था लागू गर्न सक्नेछन्।

नयाँ प्रणाली कार्यान्वयनमा आए कर्मचारीले महिनाको अन्त्यसम्म कुर्नुपर्ने अवस्था हट्ने र प्रत्येक १५ दिनमा आफ्नो पारिश्रमिक प्राप्त गर्ने व्यवस्था हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu