ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले विद्युतमा लगाइएको कर पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वैकल्पिक ऊर्जाका स्रोतलाई समेत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

सांसद आचार्यले देशका विभिन्न जिल्लामा अझै पनि खाना पकाउने ग्यासको अभाव रहेको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘मेरो जिल्ला लगायतका थुप्रै जिल्लाहरूमा ग्यासको अभाव अहिले पनि देखिएको छ। त्यसले गर्दा तत्काल ग्यास आपूर्ति गर्न र सम्बन्धित निकायलाई जवाफदेही र जिम्मेवार बनाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।’

मन्त्रीले संसद्मा ग्यासको अभाव नरहेको दाबी गरे पनि बजारमा भने ग्यास नपाइएको भन्दै आचार्यले सरकारसँग प्रश्न गरे। उनले ग्यास कहाँ र कसरी रोकिएको वा लुकाइएको छ भन्ने विषयमा तत्काल खोजतलास गरी सहज आपूर्ति सुनिश्चित गर्न माग गरे।

‘मन्त्रीले सदनमा ग्यासको अभाव छैन भनिरहनुभएको छ, तर बजारमा किन पाइँदैन ?’ भन्दै उनले सम्बन्धित निकायलाई ग्यास आपूर्ति व्यवस्थाबारे स्पष्ट पार्न आग्रह गरे।

सांसद आचार्यले विद्युतको प्रयोग बढाउँदै वैकल्पिक ऊर्जालाई प्रोत्साहन गर्न सके ग्यासमाथिको निर्भरता घटाउन सकिने भन्दै विद्युतमा लगाइएको करसम्बन्धी व्यवस्थामा पुनर्विचार गर्नुपर्ने धारणा राखे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

क्यानबेरा, रियाद र बैंककमा नेपाली दूतावास भवन निर्माण सुरु गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu