ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानबेरा, रियाद र बैंककमा नेपाली दूतावास भवन निर्माण सुरु गरिँदै


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : २५   बजे

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा अस्ट्रेलियाको क्यानबेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा नेपाली दूतावासका भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सोधेको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले तीनवटै स्थानमा भवन निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

मन्त्री खनालका अनुसार क्यानबेरामा दूतावास भवन निर्माणका लागि ४९ करोड ९९ लाख ९९ हजार रुपैयाँ, रियादमा १९ करोड २३ लाख रुपैयाँ र बैंककमा ८ करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ।

घरभाडामै वार्षिक १ अर्ब ३९ करोड खर्च

विदेशस्थित नेपाली नियोगका आफ्नै भवन नहुँदा सरकारले ठूलो रकम घरभाडामा खर्च गर्दै आएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा नियोगहरूको घरभाडामा मात्रै १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको मन्त्री खनालले बताए।

यो रकम परराष्ट्र मन्त्रालयका लागि विनियोजित ७ अर्ब ८४ करोड रुपैयाँ बजेटको करिब १७ प्रतिशत हो।

कानुनी जटिलता हट्दै

मन्त्री खनालले विगतमा विदेशमा सार्वजनिक भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा दूतावास भवन निर्माण प्रक्रिया अघि बढाउन कठिनाइ भएको बताए।

सार्वजनिक खरिद ऐन, २०६३ मा भएको पछिल्लो संशोधनले विदेशस्थित नेपाली नियोगका भवन निर्माण गर्न सक्ने कानुनी आधार तयार भएको उनको भनाइ छ। मन्त्रालयले अब भवन निर्माणका लागि आवश्यक कार्यविधि तयार गर्ने प्रक्रिया अघि बढाएको छ।

विदेशमा भवन निर्माण गर्दा सम्बन्धित देशको भवन संहिता तथा मापदण्ड पालना गर्नुपर्ने भएकाले स्थानीय परामर्शदाता नियुक्त गरी निर्माण प्रक्रिया अघि बढाइने उनले बताए।

तीनवटै स्थानमा प्रक्रिया अघि बढ्यो

क्यानबेरामा दूतावास भवन निर्माणका लागि परामर्शदाता नियुक्त भइसकेको छ। रियादमा दूतावास तथा आवासीय भवन निर्माणका लागि परामर्शदाता छनोट भई प्रारम्भिक डिजाइन तयार भएको छ।

त्यस्तै, बैंककमा दूतावास तथा आवासीय भवन निर्माणका लागि लागत अनुमान तयार गर्ने काम भइरहेको मन्त्री खनालले जानकारी दिए।

सरकारले आफ्नै जग्गा भएका अन्य नेपाली नियोगका भवन पनि क्रमशः निर्माण गर्दै जाने योजना बनाएको छ।

आफ्नै भवन बनाएर खर्च घटाउने योजना

इस्लामाबाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङलगायत स्थानमा नेपाली नियोग तथा राजदूत आवासका लागि जग्गा खरिद गरिए पनि भवन निर्माण हुन सकेको छैन।

मन्त्री खनालले आफ्नै जग्गामा नेपालको पहिचान झल्किने आधुनिक र व्यवस्थित दूतावास भवन निर्माण गरी दीर्घकालीन रूपमा घरभाडा खर्च घटाउने सरकारको योजना रहेको बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस महाधिवेशन व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

कांग्रेस महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन, पाँच प्रस्ताव पेस हुने

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu