ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढँडार मष्टा माणु : जीवित सांस्कृतिक सम्पदा र पर्यटनको सम्भावना


ABC NEWS
२ भदौ २०८३, मंगलबार   ४ : ४५   बजे

सुदूरपश्चिम प्रदेशको बझाङस्थित ढँडार मष्टा माणु केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, इतिहास, लोकसंस्कृति, मानवशास्त्र र पर्यटनका दृष्टिले समेत महत्वपूर्ण सम्पदा हो। चैत्र अष्टमीको पूजाका लागि प्रयोग हुँदै आएको पुरानो ‘काँकर’ विस्थापित गर्ने तयारीसँगै यस क्षेत्रको सांस्कृतिक पहिचान र संरक्षणबारे पनि चर्चा आवश्यक देखिन्छ।

सुदूरपश्चिममा शुक्लाफाँटा, घोडाघोडी र खप्तडजस्ता प्राकृतिक सम्पदासँगै सुर्मा, शैलेश्वरी, देहिमाणु, मष्टा माणु र बैजनाथजस्ता धार्मिक स्थल छन्। सैपाल र अपि हुँदै कैलाश जाने पदमार्ग तथा उदुम्बरपुरी/डुङ्ग्रकोट र अजैमेरुकोटजस्ता ऐतिहासिक क्षेत्रले पनि यस प्रदेशको पर्यटन सम्भावना बढाएका छन्। तर, यी सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग प्रभावकारी रूपमा जोड्न अझै सकिएको छैन।

मष्टो : आस्था र परामर्शको केन्द्र

मष्टो परम्परा पश्चिम नेपालको मौलिक लोकविश्वाससँग गहिरो रूपमा जोडिएको छ। स्थानीय जनविश्वासअनुसार ‘भाग्य भावीले लेख्छन्, संरक्षण गर्ने शक्ति मष्टो हो।’ त्यसैले मानिसहरू रोग, दुःख, विवाद, पारिवारिक समस्या तथा विवाह, यात्रा र खेतीपातीजस्ता विषयमा मार्गदर्शन र आशिष लिन मष्टा माणु पुग्ने गर्छन्।

मष्टो परम्परामा देवतासँग संवाद गर्ने माध्यमका रूपमा धामीको विशेष भूमिका हुन्छ। धामीमार्फत देववाणी प्राप्त हुने र समस्याको कारण तथा समाधानबारे जानकारी पाइने स्थानीय विश्वास छ। धामीले प्रयोग गर्ने भाषामा संस्कृत, नेपाली, खस तथा भोटे भाषाका शब्दहरूको मिश्रण पाइने बताइन्छ। यसले हिमाली क्षेत्रबीचको ऐतिहासिक सांस्कृतिक सम्पर्कलाई समेत संकेत गर्छ।

मष्टो परम्पराबारे विदेशी मानवशास्त्रीहरूले समेत अध्ययन गरेका छन्। सन् १९७८ मा जुम्ला क्षेत्रमा हिन्दुहरूले स्थानीय देवतासँग परामर्श गर्ने अभ्यासबारे डा. गाब्रियल क्याम्पबेलले विद्यावारिधि अनुसन्धान गरेका थिए। त्यस्तै, फ्रान्सेली सांस्कृतिक मानवशास्त्री मार्क गाबोरियोले सन् १९६९ मा पश्चिम नेपालको मष्टो परम्पराबारे अध्ययन प्रकाशित गरेका थिए।

धामी बन्ने परम्परा

मष्टो परम्परामा धामी बन्नु सामान्य प्रक्रिया होइन। इच्छा व्यक्त गर्दैमा कसैले देवताको गद्दी प्राप्त गर्न सक्दैन। समुदायले लामो परीक्षण, प्रश्नोत्तर र व्यवहारका आधारमा धामी स्वीकार गर्ने परम्परा रहेको बताइन्छ।

ढँडार मष्टासँग जोडिएको एउटा लोककथामा धामीको शक्ति परीक्षण गर्न बोकाको घाँटीमा फलामको मोटो खिल लगाएर भोगका लागि पठाइएको र धामीले दाँतले फलामसहित बोकाको घाँटी छिनाले

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको प्रस्ताव : पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा संविधान संशोधन आयोग गठन गरौँ

एसी बिग्रिँदा विमानभित्र यात्रुको बेहाल, कोही बेहोस त कोहीले कपडा फुकाले

सम्बन्धित

एमालेले किरण थापालाई मुख्यमन्त्री बनाउने, जेएन थपलिया संसदीय दलमै कायम

भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण

विद्युतमा लगाइएको कर पुनर्विचार गर्न रास्वपा सांसद आचार्यको माग

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

विदेशस्थित नेपाली नियोगमा विदेशीभन्दा नेपाली कर्मचारी बढी

क्यानबेरा, रियाद र बैंककमा नेपाली दूतावास भवन निर्माण सुरु गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu