ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्याकयार्ड अल्ट्रा–२०२६ : अर्जुन र मन्जु च्याम्पियन


ABC NEWS
१ भदौ २०८३, सोमबार   ४ : ४५   बजे

काठमाडौं । ब्याकयार्ड अल्ट्रा–२०२६ मा अर्जुन कुलुङ राई र मन्जु सुनुवार च्याम्पियन बनेका छन्। अल्ट्रा ट्रेल्स नेपालले आयोजना गरेको प्रतियोगितामा एक्सटेपबाट सहभागी अर्जुन पुरुष तथा मन्जु महिलातर्फ विजेता बनेका हुन्।

अर्जुनले ३३ लुप पूरा गर्दै पुरुषतर्फ शीर्ष स्थान हासिल गरे। उनले यसक्रममा नयाँ कोर्स रेकर्डसमेत कायम गरेका छन्। यसअघि हेमन्त राणाको नाममा रहेको ३२ लुपको रेकर्ड अर्जुनले तोडेका हुन्।

महिलातर्फ मन्जुले १४ लुप पूरा गर्दै नयाँ कोर्स रेकर्ड बनाइन्। यसअघि महिलातर्फ १२ लुपको रेकर्ड थियो।

विजेता अर्जुन र मन्जुले समान ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको नियमअनुसार प्रत्येक खेलाडीले एक लुपमा ६.७ किलोमिटर दूरी एक घण्टाभित्र पूरा गर्नुपर्ने थियो। निर्धारित समयमा लुप पूरा गर्न नसक्ने खेलाडी प्रतियोगिताबाट बाहिरिने व्यवस्था थियो।

आयोजकका अनुसार प्रतियोगितामा नेपालसहित फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे र स्विट्जरल्यान्डलगायत विभिन्न देशका ६५ जना प्रतिस्पर्धी सहभागी थिए।

दौड चन्द्रागिरी नगरपालिकाको मत्छेगाउँबाट सुरु भएको थियो। विभिन्न क्षेत्रको परिक्रमा गरेपछि खेलाडीहरू पुनः मत्छेगाउँमै फर्किएर प्रतियोगिता सम्पन्न भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

वाग्मतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मुख्यमन्त्री बानियाँको राजीनामा स्वीकृत

सम्बन्धित

बार्सिलोना रोड्रीलाई भित्र्याउन सहमत, ६५ मिलियन पाउन्ड तिर्ने

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu