ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले यमनमा बी–२ बमवर्षक विमानबाट खसायो बम


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   ३ : ५३   बजे

काठमाडौं १ कात्तिक । अमेरिकी सेनाले यमनको हुती समूहविरुद्ध बम वर्षा गरेको छ। रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन्।

अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए।

हुतीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ।

 

‘यो हाम्रा शत्रुहरूले हाम्रो पहुँचभन्दा बाहिर राख्न खोजेको स्थानलाई पनि निसाना बनाउन सक्ने अमेरिकाको क्षमताको प्रदर्शन हो। त्यस्तो निसाना जतिसुकै भूमिगत, किल्लाबन्द वा कठोर किन नहोस्,’ अस्टिनले भनेका छन्।

अमेरिकी सेनाको बी–२ स्पिरिट बमबर्षक विमानले आवश्यक पर्दा जहाँसुकै र जहिलेसुकै निसाना लगाउन सक्ने उनको भनाइ छ।

हुती सञ्चालित टेलिभिजनले पनि राजधानी सानानजिक आक्रमण भएको बताएको छ। तर, क्षतिको विवरण दिएको छैन।

गत एक वर्षदेखि लाल सागरमा हुती समूहले इजरायलसँग सम्बन्ध भएका जहाजहरूलाई निसाना लगाउँदै आएका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

सम्बन्धित

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’

ट्रम्पको ओमानमाथि बमबारीको धम्की, होर्मुज संकटमा कूटनीतिक प्रयास थप जटिल

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu