ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनको बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा राजा फिलिपविरुद्ध प्रदर्शन


एबीसी न्यूज
१९ कार्तिक २०८१, सोमबार   १२ : २८   बजे

काठमाडौं १९ कात्तिक । स्पेनका राजा फिलिप बाढी प्रभावित क्षेत्र भ्यालेसिन्याको अवलोकनमा जाँदा पीडित नागरिकले विरोध जनाएका छन् । प्रदर्शनकारीले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले अवलोकनको अन्य कार्यक्रम रद्द गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भ्यालेन्सियाको अवलोकनमा पुगेका राजालाई विरोध र दुर्व्यवहार भएपछि अर्को क्षेत्र चिवाको भ्रमणका क्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो । चिवा र भ्यालेन्सियाको दूरी झन्डै ३५ किलोमिटर रहेको छ । त्यस्तै प्रधानमन्त्री पेद्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ ।

यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा थप ठूलो वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय नाघेको छ । बाढीबाट प्रभावित नागरिकले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको भन्दै गुनासो गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group