ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना


ABC NEWS
१ भदौ २०८३, सोमबार   २ : ५५   बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई)सहित आठ देशले इजरायलको आलोचना गरेका छन्।

यूएई, कतार, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरब र इजिप्टका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै इजरायलले प्रस्तावित १५ बुँदे शान्ति योजनालाई अस्वीकार गर्नु युद्ध अन्त्य गर्ने प्रयासमा अवरोध भएको बताएका हुन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको निःशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने अडान राख्दै ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए।

ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास तथा अन्य सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गरेपछि योजना कार्यान्वयनका लागि वार्ता भइरहेको छ। ट्रम्पका दूत तथा उनका ज्वाइँ ज्यारेड कुश्नर र गाजाका लागि बोर्ड अफ पिसका दूत निकोलाय म्लादेनोभ अहिले इजिप्टमा वार्तामा छन्।

योजनाअनुसार हमासले हतियार बुझाएपछि इजरायली सेना गाजाबाट क्रमशः फिर्ता हुने र त्यसपछि नयाँ प्यालेस्टिनी प्रहरी बल तथा अन्तर्राष्ट्रिय ‘स्थिरीकरण बल’ परिचालन गर्ने प्रस्ताव गरिएको छ।

आठ देशका विदेशमन्त्रीले इजरायलको अस्वीकारले गाजामा युद्ध अन्त्य र दिगो शान्ति स्थापनाका लागि ट्रम्पको प्रयास कमजोर पार्न सक्ने बताएका छन्। उनीहरूले अमेरिकालाई शान्ति योजनाको अखण्डता जोगाउँदै त्यसको कार्यान्वयनमा अवरोध हुन नदिन तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन्।

यसैबीच, विभिन्न समाचार एजेन्सीले अज्ञात स्रोतलाई उद्धृत गर्दै कुश्नरले आइतबार हमासका वरिष्ठ नेता खलिल अल–हैयासँग भेटवार्ता गरेको जनाएका छन्। कुश्नर र म्लादेनोभले इजिप्टमा इजिप्ट, कतार र टर्कीका मध्यस्थकर्तासँग प्रस्तावित सम्झौता कार्यान्वयनबारे छलफल गरेका थिए।

कुश्नरले सोमबार इजरायली प्रधानमन्त्री नेतान्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

हमासले यसअघि ‘निःशस्त्रीकरण’ शब्द स्वीकार नगरे पनि बोर्ड अफ पिसको निगरानीमा गाजाको शासन सञ्चालन गर्ने नयाँ प्यालेस्टिनी निकायलाई आफ्ना हतियार हस्तान्तरण गर्न तयार रहेको जनाएको थियो। हमासले मध्यस्थकर्ता तथा बोर्ड अफ पिसलाई शान्ति मार्गचित्र स्वीकार गर्न इजरायलमाथि दबाब दिन आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभाबाट खानी तथा खनिज पदार्थ विधेयक बहुमतले स्वीकृत

मनसुनजन्य विपद् सामना गर्न २६ हजारभन्दा बढी सुरक्षाकर्मी तयारी अवस्थामा

सम्बन्धित

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

‘दिमागी नक्सल’ले ततायो भारत : मोदीको एक शब्द, विपक्षको प्रश्न—‘आखिर नक्सल को?’

फ्लोरेसमा ७.७ को महाभूकम्प : ५३ जनाको मृत्यु, हजारौँ विस्थापित, उद्धारमा पहिरोको अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu