ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसिस्टोको घातक बलिङपछि पोखरा १०३ रनमै अलआउट


एबीसी न्यूज
२५ मंसिर २०८१, मंगलबार   २ : ४८   बजे

काठमाडौं २५ मंसिर । विलियम बसिस्टोको घातक बलिङमा नेपाल प्रिमियर लिग ९एनपीएल०मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्स १ सय ३ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६।३ ओभरमा १ सय ३ रनमा समेटियो। योसँगै कर्णालीले जितका लागि १ सय ४ रनको सामान्य लक्ष्य पाएको छ।

कर्णाली याक्सका बसिस्टोले ६ विकेट लिएसँगै पोखराको ब्याटिङ लाइन धरापमा परेको हो।

पहिलो विकेटका लागि दिनेश खरेल र आन्दे्रस गउसले ३।५ ओभरमा ४६ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाएका थिए। खरेल २६ रन बनाउँदा युनिस ठकुरीको बलमा बोल्ड आउट भए। गउस २५ रनमा क्याच आउट हुन पुगे।

तर मध्यक्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा पोखराले प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन।

विलियमले चौथो ओभरमा तीन विकेट लिएपछि पोखराको ब्याटिङ तहसनहस हुन पुग्यो। पोखराका दिलिप नाथ ३ रन बनाउँदा १४ औँ ओभरको पहिलो बलमा विलियमको बलमा अर्जुन घर्तिको हातबाट क्याच आउट भए।

सोही ओभरको तेस्रो बलमा माइकल लिस्क २ रनमा बोल्ड आउट भए। अन्तिम बलमा नारायण जोशी १ रनमा एलबीडब्लु धरापमा परे।

रेमोन रेफरले २० तथा कप्तान कुशल भुर्तेलले १० रन थपे। विपिन खत्री १० रनमा रनआउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

पोखरालाई कम स्कोरका रोक्न घातक बलिङ गरेका विलियमले ६ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २८ रन दिए। योसँगै एनपीएलको एकै खेलमा पाँच विकेट लिने उनी चौथो खेलाडी बनेका छन्। यसअघि सोहेल तनविर, नरेन साउद र हर्ष ठाकरले एकै खेलमा पाँच विकेट लिएका थिए।

सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान एक विकेट लिए। कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणीको तीव्र कटानले सुस्ता जोखिममा, बासिन्दा विस्थापनको त्रासमा

मेनपावर व्यवसायीको आन्दोलनले हजारौँ श्रमिक अन्योलमा, विदेश जाने अवसर गुम्ने जोखिम

सम्बन्धित

तेस्रो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिग असोज १५ देखि

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu