ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध रुपमा अमेरिका पुगेका नागरिक फिर्ता ल्याउन कोलम्बिया सहमत


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   १२ : ००   बजे

काठमाडौं १४ माघ । अमेरिकाबाट निकालिएका अवैध आप्रवासीहरुलाई फिर्ता ल्याउन कोलम्बिया सरकार तयार भएको छ ।

यसअघि अमेरिकाबाट अवैध आप्रवासीलाई चढाएर पठाइएका दुई वटा हवाईजहाजलाई कोलम्बियाले अवतरण गर्न अनुमति दिएको थिएन । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा २५ प्रतिशत र पछि ५० प्रतिशत कर बढाउने तथा प्रतिबन्ध पनि लगाउने धम्की दिएपछि अवैध रुपमा अमेरिका पुगेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन कोलम्बिया तयार भएको हो ।

 

ट्रम्पको धम्कीपछि आप्रवासीहरुलाई ल्याउन अमेरिकी देश होन्डुरसमा हवाईजहाज पठाउन कोलम्बिया तयार भएको बीबीसीले जनाएको छ ।

ट्रम्पको धम्कीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताबो पेट्रोले सामाजिक सञ्जालमा अमेरिकाले प्रवासीहरुलाई सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका थिए । साथै अमेरिकी बस्तुमा २५ प्रतिशत कर बढाउने घोषणा पनि उनले गरेका थिए । तर पछि कोलम्बिया आफ्नो निर्णयबाट पछि हटेको हो ।
राष्ट्रपति बनेदेखि नै ट्रम्प आप्रवासीका मुद्दामा कठोर बन्दै आएका छन् । उनले अवैध आप्रवासी फिर्ता अभियान सुरु गरिसकेका छन् ।

अवैध रुपमा अमेरिका घुस्ने र फिर्ता हुनेमा कोलम्बिया पाँचौं स्थानमा छ । कोलम्बियाभन्दा अगाडि ग्वाटेमाला, होन्डुरस, मेक्सिको र एलसाल्भाडोर छन् । केही नेपालीहरु पनि अवैध तरिकाले यिनै देश हुँदै अमेरिका पुग्ने गरेको पाइएको छ । उनीहरु मेक्सिकोको सिमानाबाट अमेरिका घुस्ने गरेका छन् ।

केही वर्षयता कोलम्बियाका एक लाख २७ हजार भन्दा बढी नागरिक अमेरिकामा अवैध रुपमा घुसेको आरोपमा पक्राउ परेका छन् । त्यस्ता अवैध आप्रवासीहरुलाई अमेरिकाले उनीहरुकै देश फिर्ता पठाइरहेको छ ।

आप्रवासी मुद्दालाई लिएर कोलम्बियालाई प्रतिबन्ध लगाउने निर्णयबाट व्यापार घाटा कम गर्ने अमेरिकाको योजनामा असर पर्न सक्ने अनुमान छ । हाल कोलम्बियासँग अमेरिकाको व्यापार घाटा १।४ बिलियन डलर रहेको अनुमान छ ।

कोलम्बियाले दैनिक दुई लाख ब्यारेल कच्चा तेल अमेरिका पठाउने गर्दछ । अमेरिकाले कोलम्बियाबाट सुन, कोइला, कफी र ताजा फलफूल पनि आयात गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu