ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   १ : १५   बजे

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने दाबी गरेका छन् ।

यसै महिनामा युक्रेनको सैन्य गुप्तचर निकायका एक अधिकारीले रोयटर्सलाई उत्तर कोरियाली क्षेप्यास्त्र टोलीले पश्चिमी रुसमा जनशक्ति तथा सैन्य उपकरण तैनाथ गर्न थालेको बताएका थिए । उनका अनुसार उक्त टोली युक्रेनमाथिको आक्रमणका लागि १२० वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ६ वटा लन्चरसहित परिचालन हुन सक्ने अनुमान गरिएको छ ।

जेलेन्स्कीले युक्रेनी भूभागमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग भएको प्रमाणसमेत रहेको बताएका छन् ।

उत्तर कोरियाले सन् २०२४ मा रुसको कुर्स्क क्षेत्रमा करिब १४ हजार सैनिक पठाएको थियो । तीमध्ये केही सैनिक घाइते वा मारिएको बताइएको छ । उत्तर कोरियाली सैनिकले युक्रेनी सेनाको आक्रमणविरुद्ध रुसलाई सहयोग गरेका थिए ।

युक्रेन तथा विभिन्न स्वतन्त्र निकायका मूल्यांकनअनुसार उत्तर कोरियाले रुसलाई ठूलो परिमाणमा तोप तथा मोर्टारका गोला, ब्यालिस्टिक क्षेप्यास्त्र, लामो दूरीका तोप र मल्टिपल–लन्च रकेट प्रणाली आपूर्ति गरेको छ ।

यद्यपि, केही रुसी सैन्य ब्लगर तथा सैनिकहरूले उत्तर कोरियाबाट प्राप्त केही गोलाको गुणस्तर कमजोर रहेको दाबी गर्दै आएका छन् ।

दक्षिण कोरियासँग सैन्य सहयोगको अनुरोध

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ गर्न दक्षिण कोरियासँग सहयोग मागेका छन् ।

युक्रेनलाई आवश्यक सैन्य क्षेत्रमा दक्षिण कोरियाबाट सहयोग प्राप्त गर्न आफूहरू इच्छुक रहेको जेलेन्स्कीले बताएका छन् ।

युक्रेनमा उच्च क्षमताका हवाई प्रतिरक्षा प्रणालीको ठूलो अभाव रहेको बताइएको छ । यही कमजोरीको फाइदा उठाउँदै रुसले थप ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गर्ने प्रयास गरिरहेको युक्रेनी पक्षको दाबी छ ।

विशेषगरी अमेरिकी ‘प्याट्रियट’ जस्ता उच्च क्षमताका इन्टरसेप्टर प्रणालीबिना ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न निकै कठिन हुने जनाइएको छ । यस्तो अवस्थामा दक्षिण कोरियासँगको सैन्य तथा प्राविधिक सहयोग युक्रेनका लागि महत्वपूर्ण हुन सक्ने जेलेन्स्कीको अपेक्षा छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा शक्ति प्रदर्शनदेखि कांग्रेसभित्रको नयाँ समीकरणसम्म

कल्याण श्रेष्ठको प्रश्न : दुई ठूला शक्तिबीच नेपाल ‘तरुल’ कि सम्भावनाको पुल?

सम्बन्धित

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले राजीनामा दिने

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

रुसी जहाज जफत गरे युरोपेली जहाज पनि जफत गर्ने पुटिनको चेतावनी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu