काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपकेले ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत दिपकेले धेरैले ‘जन्तर–मन्तरको सिजन–२’ कहिले सुरु हुन्छ भनेर प्रश्न गरिरहेको भन्दै यसको सुरुवात चाँडै हुने बताएका हुन्।
उनले भने, ‘धेरै मानिसले इन्स्टाग्राममा कमेन्ट गरेर जन्तर–मन्तरको सिजन–२ कहिले आउँछ भनेर सोधिरहेका थिए। म उनीहरूलाई भन्न चाहन्छु कि जन्तर–मन्तरको सिजन–२ चाँडै सुरु हुँदैछ।’
बैठकका लागि हल पाउन समस्या भएको दाबी
दिपकेका अनुसार सीजेपीले बुधबार दिल्लीमा स्वयंसेवकहरूको बैठक आयोजना गर्ने तयारी गरेको थियो। बैठकका लागि हल खोज्ने क्रममा केही हल सञ्चालकले ‘माथिबाट दबाब’ रहेको भन्दै हल दिन अस्वीकार गरेको उनले दाबी गरे।
उनका अनुसार धेरै प्रयासपछि एउटा हल तय गरिएको थियो र त्यसको रसिदसमेत लिइएको थियो। तर बैठकको अघिल्लो दिन हल सञ्चालकलाई धम्की दिइएको उनले आरोप लगाए।
दिपकेले भने, ‘आज बिहान हलका मालिकलाई धम्की दिइयो। सीजेपीको बैठक यहाँ गर्न दिए उल्टो झुन्ड्याइदिने चेतावनी दिइयो।’
बीजेपीमाथि आरोप
दिपकेले हल उपलब्ध गराउन रोक्ने काम भारतीय जनता पार्टी (बीजेपी)बाट भइरहेको आरोप लगाए।
उनले भने, ‘यो सबै बीजेपीले गरिरहेको छ। उनीहरूका काम र अभिव्यक्तिले स्पष्ट देखाउँछन् कि उनीहरू देशका युवासँग डराएका छन्।’
सानातिना गतिविधिबाट सीजेपी नडराउने दाबी गर्दै उनले यस्तो प्रयासले आफूहरूको अभियान नरोकिने बताए।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्