ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ११ : ३५   बजे

पश्चिम नवलपरासी, साउन २८ गते । नारायणी नदीमा आएको बाढी र तीव्र कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासी रातदिन नदी किनारमा खटिएका छन्। बाढी बस्तीमा पस्ने जोखिम बढेपछि स्थानीयले अस्थायी तटबन्ध निर्माण गर्दै नदी नियन्त्रणको प्रयास गरिरहेका छन्।

नारायणी नदीपारिको सुस्ता गाउँका ओसिएर खाँ एक सातादेखि नदी किनारमै दिनरात बिताइरहेका छन्। एक साताअघि नदीको बाढी बस्तीमा पस्न थालेपछि उनीसहित स्थानीयवासी नदी नियन्त्रणमा जुटेका हुन्।

“धन्न अहिले घाम लागेको छ र पानीको सतह घटेकाले काम गर्न पाएका छौँ,” नदी किनारमा बोरामा बालुवा भर्दै गरेका खाँले भने।

कटान बढेपछि स्थानीयमा चिन्ता

सुस्ता बचाउ अभियानकी नूरजहाँ बेगम (लैला) पनि नदी किनारमै बोरामा माटो भर्ने काममा जुटेकी छन्। नारायणी नदीले तीव्र रूपमा कटान गरिरहेकाले सुस्ता जोगिने हो कि होइन भन्ने चिन्ता रहेको उनले बताइन्।

“सुस्ता बच्छ कि बच्दैन भन्ने चिन्ता छ। सधैँ यही दुःखले सताएको छ,” उनले भनिन्।

गत वर्ष बाढीले क्षति पुर्‍याएको स्थानमा तटबन्ध निर्माण भए पनि यस वर्ष नदीले नयाँ क्षेत्रमा कटान थालेपछि जोखिम थपिएको हो। बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासीले रातदिन खटिएर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्।

तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध

सुस्तामा यस वर्ष सङ्घीय सरकारले जोखिमयुक्त स्थान पहिचान गरी ११ करोड रुपैयाँभन्दा बढी लागतमा तटबन्ध निर्माण गरेको थियो। एउटा जोखिमपूर्ण क्षेत्रमा निर्माण गरिएको तटबन्धले बस्ती जोगाउन सहयोग गरे पनि अर्को क्षेत्रमा ठेक्का भइसकेपछि भारतीय पक्षको अवरोधका कारण काम अघि बढ्न सकेन।

अहिले त्यही क्षेत्रमा नारायणी नदीले तीव्र कटान गरिरहेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले चार दिनसम्म उक्त क्षेत्रमा आफ्नै प्रयासमा अस्थायी तटबन्ध निर्माण गरेका थिए। पछिल्लो समय भने सुरक्षा निकायसहित तीनै तहका सरकारको सहयोग बढेको उनीहरूको भनाइ छ।

तीनै तहका सरकारको सहयोग

सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले पछिल्लो समय स्थानीयको प्रयासमा सरकारको सहयोग थपिएको बताए।

उनका अनुसार प्रतिनिधिसभा सदस्यदेखि प्रदेश सरकारका प्रतिनिधिसम्म सुस्तामा पुगेर नदी नियन्त्रणका लागि तत्काल बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सुरक्षा निकायले समेत नियमित रूपमा जनशक्ति परिचालन गरेर तटबन्ध निर्माणमा सहयोग गरिरहेको उनले बताए।

सुरक्षाकर्मी परिचालन

सुस्तामा नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुरक्षा निकायका टोली पालैपालो सुस्तामा खटिएका छन्।

प्रतिनिधिसभा सदस्य विक्रम खनालले सङ्घीय सरकारसँग समन्वय गरिरहेका छन् भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सुस्तामै पुगेर प्रदेश सरकारले नदी नियन्त्रणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सङ्घीय सरकार मातहतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवन तथा लुम्बिनी प्रदेश सरकार मातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपरासीले अस्थायी बाँध निर्माणमा स्थानीयलाई सहयोग गरिरहेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

सुस्ता जोगाउन रातदिन नदी किनारमा खटिँदै स्थानीय, सरकारी सहयोग बढ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्यूठानमा खोलाको किनारमा चार जनाको शव फेला, हत्या आशंका

Russian Strike Ignites Fire at Ukrainian Port as Zelenskyy Pleads for Interceptors

त्रिविका विद्यार्थीले उपचारमा ९० प्रतिशतसम्म छुट पाउने, तर धेरैलाई जानकारी छैन

किशोर श्रेष्ठको निवास र कार्यालयमा प्रहरीको खानतलासी

जेएन थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

विदेशमा रहेका नेपालीलाई मताधिकार: निर्वाचन आयोगले अध्ययन समिति गठन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu