ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   ४ : ४५   बजे

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री तथा वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ काठमाडौँमा मञ्चन हुने भएको छ।

रक्तिम सांस्कृतिक अभियानका अनुसार आगामी भदौ २१ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाहलमा नाटक मञ्चन गरिनेछ।

नाटकमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालित लोकतान्त्रिक आन्दोलन, त्यससँग जोडिएको राजनीतिक परिवेश तथा आन्दोलनकारीहरूले गरेको संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरिने रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रमले जानकारी दिए।

आयोजकका अनुसार नाटक मञ्चनको उद्देश्य तत्कालीन आन्दोलनमा सहभागी तथा पक्राउ परेका व्यक्तिहरूको योगदानको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण ऐतिहासिक घटनाबारे जानकारी गराउनु हो।

१२ मईको आन्दोलनको कथा

सिंहले भारतमा रहेका प्रवासी नेपालीहरूले पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालन गरेको आन्दोलनका क्रममा १२ मई १९८६ (२९ वैशाख २०४३) मा भएको दमनलाई आधार बनाएर नाटक तयार पारेका हुन्।

उक्त आन्दोलनमा पक्राउ परेका ९५ जनालाई नाटक प्रदर्शनका क्रममा सम्मान गरिने आयोजकले जनाएको छ।

सम्मानित हुने व्यक्तिहरूमा राष्ट्रिय सभा सदस्य तुलबहादुर विश्वकर्मा (राजेश विक), चन्द्रबहादुर केसी, किशन अधिकारीलगायत रहेका छन्।

बाढीपीडितलाई सहयोग

नाटक मञ्चनबाट उठेको रकमको ५० प्रतिशत भोटेकोसी बाढीबाट प्रभावित परिवारको सहयोगमा खर्च गरिने नाटककार सिंहले जानकारी दिएका छन्।

यस्तै, सिंहद्वारा लिखित ‘१२ मई’ पुस्तकबाट प्राप्त हुने रोयल्टीसमेत पूर्ण रूपमा बाढीपीडितलाई प्रदान गर्ने उनले बताएका छन्।

ऐतिहासिक राजनीतिक आन्दोलनलाई रंगमञ्चमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने प्रयाससँगै नाटकबाट प्राप्त रकम विपद् प्रभावितको सहयोगमा उपयोग गर्ने आयोजकको निर्णयले कार्यक्रमलाई सांस्कृतिक प्रस्तुतिसँगै सामाजिक अभियानका रूपमा समेत जोडेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu