ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीजका लागि अस्ट्रेलियामा तय भएका सबै कार्यक्रम गायिका रचना रिमालले गरिन् रद्द


ABC NEWS
१७ भदौ २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौं । गायिका रचना रिमालले तीजको अवसरमा अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुने आफ्ना सबै सांगीतिक कार्यक्रम रद्द गरेकी छन्।

एनआरएनए वुमन फोरम नारीकुञ्ज अस्ट्रेलियाले रचनाको सहभागितामा विभिन्न शहरमा १० वटा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो। तर, नेपालमा भोटेकोसीलगायत क्षेत्रमा विनाशकारी बाढी आएपछि रचनाले यसअघि कार्यक्रम स्थगित गरिएको जानकारी दिएकी थिइन्।

बुधबार भने उनले सामाजिक सञ्जालमार्फत सबै कार्यक्रम रद्द गरिएको जानकारी दिएकी हुन्।

राष्ट्र शोकमा रहेका बेला उत्सव मनाउन मनले नमानेकाले कार्यक्रम रद्द गर्ने निर्णय गरेको रचनाले बताएकी छन्।

उनले लेखेकी छन्, ‘नेपालको त्यो अवस्था देखेपछि, राष्ट्रमा शोक परिरहेको समयमा मनले उत्सव मनाउन मानेन। किनकि, यो पीडा कुनै एउटा ठाउँको मात्रै होइन। कुनै जिल्लाको मात्रै होइन। यो सिंगो देशको पीडा हो।’

धेरै तयारी, मेहनत, समय, लगानी र भावना जोडिइसकेको भए पनि अहिले राष्ट्रको दुःखलाई प्राथमिकता दिनुपर्ने महसुस गर्दै कार्यक्रम रद्द गर्ने निर्णय गरिएको उनले उल्लेख गरेकी छन्।

रचनाले अहिले देशलाई उत्सवभन्दा साथ आवश्यक रहेको बताएकी छन्।

‘फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ तर अहिले होइन। अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ। त्यसैले यसपटक हामीले उत्सव रद्द गरेका छौँ,’ उनले भनेकी छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक, महिलाको पीडा र वेदना समेटिएको

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu