काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको सहयोगका लागि सर्वसाधारणदेखि कलाकारसम्म सक्रिय भएका छन्।
यसैक्रममा अभिनेत्री प्रियंका कार्कीले बाढीपीडितका लागि राहत सामग्री जुटाएकी छन्। आफ्नो टोलीमार्फत प्रभावितका लागि ठूलो मात्रामा सहयोग सामग्री प्राप्त भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन्।
सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै कार्कीले संकलित सामग्री विशेषगरी अहिलेसम्म राहत पुग्न नसकेका प्रभावित क्षेत्रमा पुर्याउने प्रतिबद्धता जनाएकी छन्।
उनले आफ्नो टोलीले प्राप्त सहयोग सही ठाउँ र सही व्यक्तिसम्म पुर्याउने गरी काम गरिरहेको बताएकी छन्।
“हाम्रो सम्पूर्ण टिम मिलेर तपाईंहरूको सहयोग सही ठाउँ र सही हातसम्म पुर्याउन प्रतिबद्ध छौँ। तपाईंहरूको सानो–ठूलो हरेक सहयोगले कसैको जीवनमा ठूलो फरक पारिरहेको छ,” उनले फेसबुकमा लेखेकी छन्।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि पछिल्लो समय विभिन्न क्षेत्रका व्यक्ति, कलाकार, व्यवसायी तथा संघसंस्थाले राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्