ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ४५   बजे

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपककुमार मल्होत्राको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो ।

युथ चेम्बरले संकलन गरेका सामग्रीसमेत समेटेर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत सरकारलाई राहत हस्तान्तरण गरिएको चेम्बरले जनाएको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा चिउरा, दाल, विभिन्न प्रकारका बिस्कुट, रेडिमेड सर्ट तथा टिसर्ट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा, मास्कलगायत दैनिक उपभोग्य सामग्री छन् ।

चेम्बरका अनुसार राहत सामग्रीमा ३४ बोरा चिउरा, कोदोको बिस्कुट ८० कार्टुन, मकै मह बिस्कुट ८३ कार्टुन, चोको चिप्स बिस्कुट ८७ कार्टुन, सेनिटरी प्याड १० कार्टुन, आयो नुन टिसर्ट सात कार्टुन, टुथपेस्ट एक कार्टुन, टुथब्रस दुई कार्टुन तथा पञ्जा र मास्क तीन कार्टुन रहेका छन् ।

यस्तै, दुई बोरा २५० थान अन्य टिसर्ट, ‘आक्र्स फुड’ लेखिएका ७३ थान टिसर्ट र १० किलो दालसमेत हस्तान्तरण गरिएको छ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी, नेपालबीचको सहकार्यमा पनि बाढी प्रभावित नागरिकका लागि खानेपानी, चाउचाउ, बिस्कुट, टुथपेस्ट, टुथब्रस, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा तथा ग्लोभ्सलगायत राहत सामग्री उपलब्ध गराइएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा चेम्बरका कार्यसमिति सदस्य कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो, रुजुल श्रेष्ठलगायतको उपस्थिति थियो ।

भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । विपद्पछि चेम्बरले राहत संकलन तथा वितरणसँगै उद्धार र सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको जनाएको छ ।

यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन तथा विदुर नगरपालिकालाई दुईवटा ड्रोन र १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो । प्रभावित जिल्लामा तत्काल राहत पुर्‍याउन जिल्ला चेम्बरहरूलाई नगद सहयोगसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ ।

चेम्बरले भारतबाट ५०० थान सोलार पावर बैंक ल्याउने व्यवस्थासमेत गरेको छ ।

विपद्का समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकारसँगको सहकार्यमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई निरन्तरता दिने चेम्बरले जनाएको छ । प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले सदस्य तथा व्यवसायीबाट राहत संकलन गरिएको र यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने चेम्बरको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

रसुवा पुग्ने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा मगर फिल्डमै

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu