ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ४५   बजे

काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) ले उद्घाटन दिनको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

एनभीएलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोसी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त रकम उद्धार कोषमा उपलब्ध गराउने जनाएको हो ।

एनभीएलको दोस्रो संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन दिन मधेश वारियर्स र सगरमाथा स्मार्सबीच पहिलो खेल हुनेछ । त्यसपछि अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ ।

एनभीएलका अनुसार लिगका सबै खेलको टिकट आईएमई खल्ती लिमिटेड बाट खरिद गर्न सकिनेछ । टिकट बुकिङसमेत खुला भइसकेको लिगले जनाएको छ ।

लिगका खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछन् ।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले एनभीएलले उद्घाटन दिनको टिकट बिक्रीको सम्पूर्ण रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

रसुवा पुग्ने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा मगर फिल्डमै

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

भोटेकोशी प्रभावित क्षेत्रमा केही दिन वर्षाको सम्भावना, उद्धारकर्मीलाई सतर्क रहन आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu