ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ९ : १५   बजे

पोखरा । नेवारी समुदायको परम्परागत सांस्कृतिक पर्व गाईजात्रा पोखरामा पनि उल्लास र श्रद्धापूर्वक मनाइएको छ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा नेवारी समुदायका परिवारले शनिबार पोखराका विभिन्न गाउँ तथा टोलबाट गाईजात्रा निकालेका हुन्।

नेवाः खल कास्कीका अनुसार यस वर्ष पोखराका प्रायः सबै गाउँ तथा टोलबाट गाईजात्रा निकालिएको छ। अध्यक्ष अशोक पालिखेका अनुसार गाईजात्रा भने एक सयभन्दा बढी स्थानबाट निकालिएको छ।

“यति नै संख्यामा गाईजात्रा निस्कियो भनेर भन्न सकिन्न, तर हरेक गाउँ/टोलमा एक वा त्योभन्दा बढी मान्छे बितेका घर भएकाले उनीहरूले गाईजात्रा निकाले,” पालिखेले भने।

४० स्थानबाट तायाःमचा

गाईजात्राको अवसरमा शनिबार पोखरामा कम्तीमा ४० स्थानबाट तायाःमचा निकालिएको थियो। नेवाः खल कास्कीको आह्वानमा ४० शाखा (कचा) खलःले तायाःमचा निकालेका हुन्।

पुरानो पोखराका ३०, लेखनाथका आठ तथा रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको घाचोकबाट एक–एक गरी कुल ४० स्थानबाट तायाःमचानिकालिएको नेवाः खल कास्कीले जनाएको छ।

पोखराका हेमजा, लामाचौर, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्र बैंकचोक, पार्दी–विरौटा, छोरेपाटन, पृथ्वीचोक र नयाँबजारलगायत स्थानबाट तायाःमचा निकालिएको थियो।

त्यस्तै महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर र रामबजारबाट पनि तायाःमचा निकालिएको थियो।

लेखनाथ क्षेत्रमा सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर र देउरालीलगायत स्थानबाट तायाःमचा निकालिएको जनाइएको छ।

अध्यक्ष पालिखेका अनुसार एउटा टोलबाट एउटा तायाःमचा निकालिने भए पनि एउटै टोलमा दुई–तीनदेखि पाँच–छ जनासम्मको मृत्यु भएको अवस्थामा प्रत्येक परिवारबाट छुट्टाछुट्टै गाई निकालिने भएकाले गाईजात्राको संख्या धेरै देखिएको हो।

गाईजात्रासँगै रामायण पनि

गाईजात्राका अवसरमा पोखरामा यस वर्ष रामायण परिक्रमा समेत गरिएको छ। संस्कृतिकर्मी अष्टमान प्रधानाङ्गका अनुसार सिद्धिविनायक गणेश मन्दिर संरक्षण समिति भैरवटोलका अध्यक्ष कृष्णदेव प्रधानाङ्गकी श्रीमती विजयालक्ष्मी प्रधानाङ्गको स्मृतिमा परिवारले रामायण परिक्रमा गराएको हो।

भदौ २० गते तायाःमचा नृत्य प्रतियोगिता

गाईजात्राको अवसरमा नेवाः खलः कास्कीको आह्वानमा भदौ २० गते तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ।

लामाचौर कचा खल गुठीको आयोजनामा पोखरा–१६ स्थित लामाचौर चोकमा हुने प्रतियोगितामा ३८ टिम प्रतिस्पर्धी र दुई टिम अप्रतिस्पर्धी रूपमा सहभागी हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुनेले ७७ हजार ७ सय ७७ रुपैयाँ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँपुरस्कार पाउनेछन्। सान्त्वना स्थान हासिल गर्ने एक टिमलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ।

महिलातर्फ प्रथम हुनेलाई ४० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २५ हजार र सान्त्वना स्थान प्राप्त गर्ने टिमलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए।

यसरी पोखरामा गाईजात्रा केवल दिवङ्गत आफन्तको स्मरण र धार्मिक परम्परामा सीमित नभई नेवारी कला, संस्कृति, संगीत, नृत्य र सामुदायिक एकताको जीवन्त प्रदर्शनका रूपमा मनाइएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu