ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा तायाः मचा नाचसहित गाईजात्रा


ABC NEWS
१४ भदौ २०८३, आइतबार   ९ : २५   बजे

बागलुङ । गाईजात्राको पहिलो दिन बागलुङमा नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा तायाः मचा नाच प्रदर्शनसहित जात्रा निकालेका छन् ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्राका अवसरमा बागलुङ बजारमा सात जना दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै तायाः मचा प्रदर्शन गरिएको नेपाल भाषा मंकाः खल बागलुङका अध्यक्ष जयराम भारीले बताए ।

नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिरबाट तायाः मचा तथा राधाकृष्ण मन्दिरबाट बास्सा नाच प्रदर्शन गरिएको थियो । नारायणचोकबाट सुरु भएको जात्रा मरेपिपलको परिक्रमा गरी पुनः नारायणचोकमै पुगेपछि तायाः मचा नाच सम्पन्न भएको भारीले बताए ।

नेपाल भाषा मंकाः खलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठका अनुसार नेवार समुदायमा दिवंगत व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने कामनासहित तायाः मचालाई मरेपिपलसम्म लैजाने र त्यहाँबाट फर्काउने परम्परा छ ।

“स्थानीय परम्पराअनुसार दिवंगत व्यक्तिको आत्माले शान्ति पाओस् भन्ने कामनासहित तायाः मचालाई मरेपिपलसम्म प्रदर्शन गर्ने र त्यसपछि फर्काउने चलन छ,” उनले भने, “बागलुङमा गाईजात्रामा निकालिने तायाः मचाको स्वरूपमा खासै परिवर्तन भएको छैन ।”

गाईजात्रामा दिवंगत आफन्तको सम्झना गर्नुका साथै पुरानो सांस्कृतिक परम्पराको संरक्षण, परम्परागत बाजागाजा, नाचगान तथा सामूहिक सहभागिता हुने भएकाले यसले नेवार समुदायको संस्कृति संरक्षणमा योगदान पुर्‍याउँदै आएको श्रेष्ठले बताए ।

विसं १९८३ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा लक्ष्मीनारायण मन्दिर स्थापना भएपछि त्यहाँबाट तायाः मचा निकालेर बजार परिक्रमा गराउने परम्परा सुरु भएको हो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकको शवलाई दाहसंस्कारका लागि मरेपिपल हुँदै निर्णयघाट लैजाने गरिन्छ । तायाः मचालाई पनि मरेपिपलसम्म लगेर दिवंगत आत्मालाई देखाएपछि मात्र आत्माले शान्ति पाउने जनविश्वास रहेको छ ।

गाईजात्रा मनाउने परम्परा राजा प्रताप मल्लको पालादेखि सुरु भएको मानिन्छ । नेपाल संवत् ५७५ मा कान्छा छोरा राजकुमार चक्रवर्तीन्द्र मल्लको शीतला रोगका कारण मृत्यु भएपछि शोकमा रहेकी रानी राजमतीलाई सान्त्वना दिन वर्षभर आफन्त गुमाएका परिवारले झाँकीसहित गाईजात्रा निकाल्नुपर्ने व्यवस्था गरेपछि यो परम्परा सुरु भएको जनविश्वास छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

राहत कोषमा निसीखोला गाउँपालिकाको ३ लाख

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

पोखरामा पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन गरिँदै

रसुवा बाढीमा स्याङ्जाका ८ जना सम्पर्कविहीन

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu