ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा बागलुङका १६ जना बेपत्ता, १२ रसुवा र ४ नुवाकोटमा


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ८ : ४५   बजे

बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुने बागलुङका नागरिकको संख्या बढेर १६ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा र नुवाकोट पुगेका २ बालबालिका, १ महिला र १३ पुरुष बाढीपछि सम्पर्कविहीन भएका हुन्।

प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार बेपत्ता भएकामध्ये १२ जना रसुवा र ४ जना नुवाकोट क्षेत्रमा रहेको विवरण प्राप्त भएको छ। उनीहरूको सम्बन्धित जिल्लाका सुरक्षा निकायसँग समन्वय गरी खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि बुधबारसम्म पश्चिम बागलुङको तमानखोला गाउँपालिकाका ९ जना र ढोरपाटन नगरपालिकाका १ जना गरी १० जना बेपत्ता भएको जानकारी आएको थियो। पछिल्लो विवरणमा थप व्यक्तिहरू सम्पर्कविहीन रहेको खुलेपछि संख्या १६ पुगेको हो।

अपर त्रिशूली आयोजनामा कार्यरत ९ जना

तमानखोला गाउँपालिकाका बेपत्ता ९ जना अपर त्रिशूली जलविद्युत् आयोजनाको ड्याम साइट हाकुवेशीमा कार्यरत रहेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिएका छन्।

बेपत्ता हुनेमा तमानखोला–१ बोङ्गादोभानका ३७ वर्षीय पदमबहादुर घर्तीमगर, सोही ठाउँका ३२ वर्षीय इन्द्रकुमार विक, रिक्लाङ्कका २२ वर्षीय विष्णु घर्तीमगर, तमानखोला–२ बोंगाखानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल र ५२ वर्षीय खड्ग छन्त्याल छन्।

त्यस्तै तमानखोला–३ तमानका २२ वर्षीय संजय शिर्पाली र ५० वर्षीय दलप्रसाद बुढा तथा तमानखोला–४ लाम्मेलाका ५८ वर्षीय लाता कामी र ४७ वर्षीय भीमबहादुर विक पनि सम्पर्कविहीन छन्।

रसुवामा काम गर्दै आएका तीन जना पनि बेपत्ता

ढोरपाटन नगरपालिका–९ बोबाङका २० वर्षीय तुलबहादुर विक पनि बाढीपछि सम्पर्कविहीन छन्। परिवारका अनुसार उनी पछिल्लो पाँच वर्षदेखि रसुवाको स्याफ्रुबेँसी बजारस्थित एक होटलमा काम गर्दै आएका थिए।

त्यस्तै ढोरपाटन–४ सिमिकाका २३ वर्षीय विजेन्द्र घर्ती र गलकोट नगरपालिका–२ नरेठाँटीका २७ वर्षीय रमेश सुनार पनि बेपत्ता रहेको प्रहरीले जनाएको छ।

नुवाकोटमा एकै परिवारका चार जना बेपत्ता

नुवाकोट क्षेत्रमा आएको बाढीमा परी बागलुङ नगरपालिका–९ तित्याङ, साल्बोटका एकै परिवारका चार जना सम्पर्कविहीन भएका छन्।

प्रहरीका अनुसार ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका पाँच वर्षीय जुम्ल्याहा छोराछोरी आदित्य र अदिती शर्मा पौडेल बाढीपछि बेपत्ता छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बेपत्ता व्यक्तिबारे थप जानकारी प्राप्त भए सम्बन्धित निकायमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

पोखरामा सडकको भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा सडकको भेलले आमा, छोरी र बुवालाई बगायो

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

रसुवा बाढीपीडितको राहत र पुनःस्थापनाका लागि गण्डकीले ४ करोड दिने

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu