ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीपीडितको राहत र पुनःस्थापनाका लागि गण्डकीले ४ करोड दिने


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ११ : ४५   बजे

 

पोखरा । रसुवामा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि गण्डकी प्रदेश सरकारले चार करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश सरकारको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चार करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार अपिल जारी गर्दै बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन् । उनले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सम्पर्कविहीन नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन र फेला परेका शवको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती भएको बताएका छन् । उनले संकटको घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको उल्लेख गरेका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अप्पर त्रिशूलीको टनेलबाट ३५० मजदुर तथा स्थानीयको उद्धार

भोटेकोसी नजिकको ताल फेरि फुट्यो: प्रहरीद्वारा सावधानी अपनाउन आग्रह

सम्बन्धित

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

भोटेकोशी बाढी : बागलुङका १० जना बेपत्ता, अधिकांश जलविद्युत् आयोजनामा कार्यरत

नारायणीको बहाव घटेपछि सुस्तावासी घर फर्किन थाले

हिमालको बदलिँदो भूगोल : रसुवा बाढीदेखि गण्डकीका हिमतालसम्म बढ्दो जलवायु जोखिम

रसुवाको बाढीको प्रभाव : त्रिशूलीले गोरखा–धादिङ–चितवन जोड्ने तीन झोलुङ्गे पुल बगायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu