ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढी : बागलुङका १० जना बेपत्ता, अधिकांश जलविद्युत् आयोजनामा कार्यरत


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : २५   बजे

बागलुङ । बुधबार बिहान भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। उक्त बाढीपछि बागलुङ जिल्लाका १० जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

तमानखोला गाउँपालिकाका नौ जना र ढोरपाटन नगरपालिकाका एक जना गरी हालसम्म १० जना बेपत्ता भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए।

परिवारका सदस्यले पहिलो दिनदेखि नै सम्पर्क गर्ने प्रयास गरे पनि उनीहरूसँग सम्पर्क हुन नसकेपछि बाढीमा परेको आशंका गरिएको छ। सम्पर्कविहीनमध्ये नौ जना विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको र एक जना होटलमा काम गर्दै आएको जनाइएको छ।

परिवार, स्थानीयवासी तथा गाउँपालिकाले सम्बन्धित क्षेत्रका स्थानीय तह र निकायसँग समन्वय गरी उनीहरूको खोजी गरिरहेको जनाएको छ। गाउँपालिकाले विज्ञप्ति जारी गर्दै सम्पर्कविहीन नागरिकको खोजीमा सहयोग गर्न सबैसँग आग्रहसमेत गरेको छ।

अपर त्रिशूली आयोजनामा कार्यरत नौ जना सम्पर्कविहीन

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये अधिकांश रसुवास्थित अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत थिए।

तमानखोला गाउँपालिका–१ का ३७ वर्षीय पदमबहादुर घर्तीमगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्तीमगर सम्पर्कविहीन छन्।

त्यस्तै, वडा नं. २ का ३७ वर्षीय भीमबहादुर छन्त्याल र ५२ वर्षीय खड्ग छन्त्याल पनि सम्पर्कविहीन रहेका छन्।

वडा नं. ३ का २२ वर्षीय संजय शिर्पाली र ५० वर्षीय दलप्रसाद बुढा तथा वडा नं. ४ का ५८ वर्षीय लाता कामी र ४७ वर्षीय भीमबहादुर विक पनि बाढीपछि सम्पर्कमा आउन सकेका छैनन्।

परिवारका सदस्यका अनुसार उनीहरू अधिकांश समयदेखि रसुवा क्षेत्रमा जलविद्युत् आयोजनाको काममा संलग्न थिए। यद्यपि, उनीहरू कति समयदेखि उक्त आयोजनामा कार्यरत थिए भन्नेबारे यकिन विवरण प्राप्त हुन बाँकी रहेको छ।

होटलमा कार्यरत ढोरपाटनका युवक पनि बेपत्ता

यसैगरी, ढोरपाटन नगरपालिका–९ का २० वर्षीय तुलबहादुर विक पनि बाढीपछि सम्पर्कविहीन छन्।

परिवारका सदस्यका अनुसार उनी विगत पाँच वर्षदेखि रसुवाको स्याफ्रुबेँसीस्थित एक होटलमा कार्यरत थिए।

बाढीपछि उनीसँग सम्पर्क हुन नसकेपछि परिवारले उनको खोजीका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

स्थानीय तहले सम्पर्कविहीन सबै व्यक्तिको खोजी तथा उद्धारका लागि संघीय सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय र बाढी प्रभावित क्षेत्रका सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

नारायणीको बहाव घटेपछि सुस्तावासी घर फर्किन थाले

हिमालको बदलिँदो भूगोल : रसुवा बाढीदेखि गण्डकीका हिमतालसम्म बढ्दो जलवायु जोखिम

रसुवाको बाढीको प्रभाव : त्रिशूलीले गोरखा–धादिङ–चितवन जोड्ने तीन झोलुङ्गे पुल बगायो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

भोटेकोसी बाढीको त्रास : नवलपरासीको सुस्ता गाउँ खाली गरिँदै

पोखरामा नाइट लाइफ : पर्यटनको अवसर कि स्थानीयका लागि समस्या?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu