ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ४५   बजे

काठमाडौं । रसुवाको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये चितवन जिल्लामा हालसम्म एक सय ३५ जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान प्रक्रियालाई व्यवस्थित र सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको हलमा अस्थायी शव पहिचान कक्ष स्थापना गरिएको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूलाई उक्त अस्थायी पहिचान कक्षमा ल्याएर व्यवस्थित रूपमा राख्ने व्यवस्था मिलाइएको छ। शव व्यवस्थापनका लागि सातवटा विशेष डेकर निर्माण गरिएको उनले जानकारी दिए।

तस्बिरमार्फत पहिचानको तयारी

शवको पहिचान प्रक्रियालाई सहज बनाउन चिकित्सकहरूको टोलीले शव सफा गरी महिला, पुरुष तथा उमेर समूहका आधारमा छुट्ट्याएको छ। त्यसपछि प्रत्येक शवको स्पष्ट तस्बिरसमेत तयार गरिएको छ।

एसपी पौडेलका अनुसार ती तस्बिरहरू शुक्रबार बिहान ७ बजेदेखि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको ठूलो हलमा राखिनेछ। आफ्ना आफन्तको खोजीमा आउने परिवारजनले तस्बिरमार्फत शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको छ।

शव संरक्षण र सुरक्षा व्यवस्था

शवलाई सुरक्षित राख्न आवश्यक तापक्रम व्यवस्थापनको तयारी गरिएको छ। शवहरूलाई माइनस डिग्रीको तापक्रममा संरक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

अस्थायी पहिचान कक्षको सुरक्षाका लागि रातिको समयमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। शवको व्यवस्थापन, पहिचान तथा परिवारजनको आवतजावतलाई व्यवस्थित बनाउन प्रशासन, प्रहरी र स्वास्थ्यकर्मीको समन्वयमा काम भइरहेको छ।

पीडित परिवारलाई निःशुल्क आवास

शव पहिचानका लागि चितवन आउने पीडित परिवारजनको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क होटलमा बस्ने व्यवस्था मिलाएको छ।

रसुवाको बाढीपछि नदी प्रणाली हुँदै चितवनसम्म बगेर आएका शव फेला पर्ने क्रम जारी रहेकाले खोजी, व्यवस्थापन र पहिचान कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको सुरक्षा निकायले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

UK Expected to Ban Goods from Israeli Settlements, Drawing Widespread Support

Israeli Strike Kills Newlywed Woman in Southern Lebanon

Xi Jinping Embarks on Central Asia, Middle East Trip Aimed at Strengthening Regional Ties

China Pledges Collaboration with APEC Economies on Food System Resilience

China Accuses Japan of ‘Neo-Militarism’ Amid Military Expansion

Russia Threatens UK Military Targets Over Alleged Missile Strikes

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu