ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली र नारायणी किनारमा भेटिएका १०२ शव पोखरा ल्याइयो


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   १० : १५   बजे

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ।

भोटेकोसी नदीमा आएको बाढीले बगाएकाहरूको खोजीका क्रममा सुरक्षाकर्मी तथा स्थानीयवासीले धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीलगायत जिल्लामा फेला पारेका शवको व्यवस्थापन तथा परीक्षण गर्ने व्यवस्था ती जिल्लामा नभएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो।

बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

यस्तै, तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरेपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

पोखराका सरकारी तथा निजी अस्पतालमा गरी एकपटकमा ८८ शव मात्रै व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ।

फेला परेका शवको परीक्षण तथा पहिचान प्रक्रिया अघि बढाएर आफन्तको खोजीका लागि सार्वजनिक सूचना जारी गर्ने तयारीमा स्थानीय प्रशासन रहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा ल्याइयो

भोटेकोशी बाढी : बागलुङका १० जना बेपत्ता, अधिकांश जलविद्युत् आयोजनामा कार्यरत

नारायणीको बहाव घटेपछि सुस्तावासी घर फर्किन थाले

हिमालको बदलिँदो भूगोल : रसुवा बाढीदेखि गण्डकीका हिमतालसम्म बढ्दो जलवायु जोखिम

रसुवाको बाढीको प्रभाव : त्रिशूलीले गोरखा–धादिङ–चितवन जोड्ने तीन झोलुङ्गे पुल बगायो

बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सघाउने प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu