ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजा कब्जा गर्ने बताएपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चौतर्फी विरोध


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   १० : ०९   बजे

काठमाडौं २६माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा कब्जा गर्ने र प्यालेस्टिनीलाई अन्तै सार्ने बताएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

प्यालेस्टाइन, प्यालेस्टिनी लडाकु समूह हमास, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीलगायतका देशले ट्रम्पको अभिव्यक्तिको आलोचना गरेका छन् ।

अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिने र त्यहाँ रहेका सबै खतरनाक विस्फोटक बम र अन्य हतियार नष्ट गर्ने बताउनुभएको थियो ।

नेतन्याहू ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि ह्वाइट हाउस भ्रमण गर्ने पहिलो विदेशी नेता हुनुहुन्छ । यो भेटवार्तामा अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ । तर प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ट्रम्पको प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

साथै प्यालेस्टिनी लडाकु समूह हमासका प्रवक्ता अब्देल लतिफ अल–कानोउले निकालेको विज्ञप्तीमा ट्रम्पको प्रस्ताव अस्वीकार्य रहेको उल्लेख छ ।

विज्ञप्तीमा अमेरिकी प्रशासन र राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय कानून र प्यालेस्टिनी नागरिकको आफ्नो भूमिमा आधारभूत अधिकारको विरोध गर्ने यस्ता गैरजिम्मेवारपूर्ण टिप्पणीबाट पछि हट्न आह्वान समेत गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

त्यस्तै, गाजाका प्यालेस्टिनीहरूले पनि ट्रम्पको पुनर्वास योजनाको विरोध गरेका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको टिप्पणीको विरोध गर्दै इजरायल–प्यालेस्टाइनको अस्तित्व नै समस्याको समाधान भएको बताउनुभएको छ ।

१५ महिना लामो युद्धपछि गाजामा दुई हप्ताअघि युद्धविराम भएको थियो । हमास समूहले सन् २०२३ को अक्टुबर ७ तारिखमा इजरायलमा आक्रमण गरेपछि दुई पक्ष हमास र इजरायलबीच युद्ध शुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group