ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अगाडि बढाउने


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ७ : ५५   बजे

काठमाडौं १ चैत । बागमती प्रदेश सरकारले सहकारीका समस्या समाधानका लागि तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाहरूको दर्ता खारेजी प्रक्रिया अगाडि बढाउने भएको छ ।

बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालय र बागमती प्रदेश सहकारी विकास बोर्डद्वारा हेटौँडामा आज आयोजित गोष्ठीमा बागमती प्रदेशभित्रका सहकारीका समस्या समाधानका लागि साझा धारणा बनाउँदै यस्तो प्रतिबद्धता जनाइएको हो ।

सात बुँदे साझा अवधारणा बनाउँदै उत्पादनसँग जोडिएका सहकारी संस्थाहरूको सबालमा देखिएको समस्या समाधानका लागि सहकारी मन्त्रालयले सम्बन्धित निकायमा परामर्श गरी सहजीकरण गर्ने भएको छ । तीन वर्षदेखि लेखापरीक्षण नगर्ने, साधारणसभा नगर्ने सहकारी संस्थाहरूको दर्ता खारेजी गरी निष्क्रिय सहकारी संस्थाबाट भविष्यमा पैदा हुने जोखिम नियन्त्रणमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने साझा अवधारणामा उल्लेख छ ।

सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैंक, बामगती प्रदेश सहकारी सङ्घ, बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड, बागमती प्रदेश कृषि सहकारी सङ्घ, १३ वटै जिल्ला सहकारी सङ्घ, १३ वटै जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड र अन्य विषयगत जिल्ला सहकारी सङ्घहरूको प्रतिनिधिहरूले अवधारणानुसार सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

सम्बन्धित

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

विश्वकप २०२६ को राउण्ड अफ ३२ को समीकरण पूरा, ३२ टोलीको नकआउट यात्रा तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu