ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा विश्वस्त छु- ट्रम्प


एबीसी न्यूज
१८ चैत्र २०८१, मंगलबार   ७ : ५५   बजे

काठमाडौं १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अप्रिल ५ को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडिओ एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन्।

‘हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन्। टिकटकमा ठूलो चासो छ’, ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग भने, ‘हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन्। हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ, किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ, म टिकटक जीवित रहेको हेर्न चाहन्छु।’

सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पले बताए।

बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्ताले लागू गरिएको अमेरिकी कानुनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ।

यो कानुन ट्रम्पले शपथ खानुभन्दा एक दिनअघि जनवरी १९ मा लागू भयो। तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिइएको छ। त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ।

‘सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु।’

ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गर्नुभएको थियो तर अहिले यसप्रति सकारात्मक भएका छन्।

‘स्वार्थका साथ भन्नुपर्दा मैले ३६ अङ्कले युवा मत जितेको छु। रिपब्लिकनहरूले सामान्यतया युवा समूहसँग धेरै राम्रो प्रदर्शन गर्दैनन् र मलाई लाग्छ यसको धेरै भाग टिकटकका कारण हुन सक्छ’,उनले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group