काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह ‘बालेन’बीच दूरी बढ्दै गएको चर्चा भइरहेका बेला नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले व्यंग्य गरेका छन्।
एमाले केन्द्रीय सदस्य बास्कोटाले सोमबार सामाजिक सञ्जालमार्फत लामिछानेलाई लक्षित गर्दै रास्वपाभित्र देखिएको विवादबारे प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्ने रहेछ रविजी? पाँच वर्ष बालेनलाई भन्ने तर खाली चेकको भर।’
बास्कोटाले रास्वपाको नेतृत्व र सरकार सञ्चालनलाई लिएर थप व्यंग्य गर्दै लेखेका छन्, ‘सिस्नोपानीमा मनोज–धुर्मुसको फुइँतिहाइको उडान नयाँ क्याप्टेनले रिभ्यु गर्ने कि?’
उनले आफूले दिएको सुझावलाई लिएर लामिछानेले ओली–प्रचण्डको समीक्षा गर्नुपर्ने भन्न सक्ने आशयमा समेत व्यंग्य गरेका छन्।
बास्कोटाले लेखेका छन्, ‘सल्लाह हैन, फेरि तपाईंले रिभ्यु ओली–प्रचण्डले गर्नु भन्नुहोला, त्यो पर्दैन, ढिला भो। अदालतमा नयाँ सेल पाक्ला त?’
रास्वपा विवादमा बास्कोटाको टिप्पणी
रास्वपाभित्र सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच सम्बन्धमा चिसोपना आएको चर्चा भइरहेका बेला बास्कोटाको यस्तो टिप्पणी आएको हो। उनले सामाजिक सञ्जालमार्फत रास्वपाभित्र देखिएको भनिएको आन्तरिक विवाद तथा सरकार सञ्चालनको विषयलाई व्यंग्यको विषय बनाएका छन्।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्